अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १९, मंगलवार १०:०१

सुनसरी । सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेका छन्।  हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी हुँदा ९ घर परिवारको २६ वटा घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सोमबार दिउसो  सबिर मियाँको भान्सा कोठाबाट सल्केको आगोले २६ घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। आगलागी थप फैलिन नदिन ३ वटा घर टहरा भत्काइएको थियो।

सुनसरीको इनरुवा, हरिनगर, दुहबी र इटहरी तथा विराटनगरबाट पुगेको दमकलको सहयोगमा आगलागी  नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति नभए पनि पीडित परिवारको घरको लत्ताकपडा, नगद, गरगहना र खाद्यान्न पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीबाट बिचल्लीमा परेका परिवारलाई हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले तत्कालको लागि चाहिने आधारभूत राहत उपलब्ध गराएको जानकारी दिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार