जनकपुरधाम । नेकपा एमालेले जनकपुरधाममा गणतन्त्रको पक्षमा मोटरसाइकल र्याली निकालेको छ । गणतन्त्रको पक्षमा तथा एमालेको सांगठानिक गतिविधिलाई सशक्त बनाउने उद्देश्यले पार्टी कार्यालयबाट निकालिएको मोटरसाइकल र्याली तिरहुतिया गाछी पुगेर समापन गरिएको छ ।
र्यालीमा जनकपुरधामका सबै वडा कमिटीका सदस्यहरू, पार्टीका युवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरू सहभागिता थियो । उनीहरू मोटरसाइकलमा झण्डा फहराउँदै एमालेको नारा लगाउँदै र लोकतान्त्रिक व्यवस्थाको समर्थन जनाएर शहरका मुख्य सडकहरूमा परिक्रमा गरेका थिए ।
र्यालीपछि एमाले नेताहरूले जनताको माझमा पुगेर पार्टीको एजेन्डा प्रचार गर्ने, संगठनलाई सुदृढ पार्ने र गणतन्त्रको विरोध गर्ने शक्तिहरूलाई परास्त गर्ने रणनीति बनाएको एमालेका नेताहरुले बताए ।





