अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १५, शुक्रबार १०:३६

नयाँदिल्ली, १५ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छिट्टै भारत भ्रमणमा आउँदैछन् ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको निमन्त्रणा स्वीकार गरिएको र उनको दिल्ली भ्रमणको तयारी तीव्र गतिमा भइरहेको बताएका हुन् ।

‘अहिले राष्ट्रपति पुटिनको भारत भ्रमणको प्रबन्ध मिलाइएको छ,’ लाभरोभले रूसी अन्तर्राष्ट्रिय मामिला परिषदद्वारा आयोजित ‘रसिया र भारतः नयाँ द्विपक्षीय एजेन्डा’ शीर्षकको सम्मेलनमा आफ्नो भिडियो सम्बोधनमा भने।

रुसी विदेशमन्त्रीलाई उद्धृत गर्दै रुसको सरकारी समाचार एजेन्सी तासले भन्यो, ‘राष्ट्रपति भ्लादिमिर पुटिनले भारत सरकार प्रमुखको भ्रमणको निमन्त्रणा स्वीकार गरेका छन्। रुसी राष्ट्रपतिको भारत भ्रमणको तयारी भइरहेको छ।’

विदेशमन्त्री लाभरोभले गत वर्ष लगातार तेस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्री मोदीको पहिलो विदेश भ्रमण रुस भएको स्मरण गरेका थिए । उनले भने, ‘अब हाम्रो पालो हो ।’ तर, पुटिनको भारत भ्रमणको मिति भने अझै खुलाइएको छैन ।

प्रधानमन्त्री मोदीले गत वर्ष जुलाईमा रुसको भ्रमण गरेका थिए । जुन पछिल्लो ५ वर्षमा उनको यो देशको पहिलो भ्रमण थियो। यसअघि उनले सन् २०१९ मा सुदूर पूर्वी सहर भ्लादिभोस्तोकको आर्थिक सम्मेलनमा भाग लिन गएका थिए।

आफ्नो पछिल्लो भ्रमणका क्रममा मोदीले राष्ट्रपति पुटिनलाई भारत भ्रमणको निम्तो दिएका थिए । यसअघि मार्च २४ मा विदेशमन्त्री लाभरोभले रुसले आफ्नो नजिकको मित्र भारतसँग ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ विकास गरिरहेकोसमेत बताएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार