अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १४, बिहीबार ११:१३

न्युज कारखाना
रौतहट १४ चैत।
रौतहट स्थित भन्सार छलेर ल्याएको सावा ९ लाखको बिभिन्न किसिमका भन्सार छलीको सामान,६ सवारी साधन सहीत एकजना तस्कर र ३४ जना प्रतिवादी लाई  प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा तस्करी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले यस महिनाको १३ दिनभित्र उक्त उपलब्धी गरेको हो।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले यही चैत्र १ देखि हिजो १३ सम्म भन्सार छलीको सामानबाट कुल ९ लाख २३ हजार १८० रुपैयाँ राज्श्व सन्कलन गरेको हो।

उक्त भन्सार छलिको सामान ल्याउन प्रयाेग गरिएको मोटरसाईकल ४ थान, अटो रिक्सा १ थान, स्कुटी १ थान सहित १ जना तस्कर लाई पक्राउ  गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।

त्यसैगरी सोही अवधिमा फैसला कार्यान्वयन अन्तर्गत जिल्लाको बिभिन्न स्थानबाट २६ जना फरार प्रतिवादी र बिभिन्न मुद्दाको फरार ८ अभियुक्त गरी ३४ जनालाई  पक्राउ गरिएको प्रवक्ता रायले जानकारी दिएका छन्।

तोकिएको दण्ड जरिबाना अशुल गर्न पक्राउ परेका २६ जना प्रतिवादीलाई जिल्ला अदालत गौरमा उपस्थित गराइएको तथा बिभिन्न मुद्दाका ८ जना अभियुक्त लाई कारवाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा प्रहरीले सञ्चालन गरेको तस्करी नियन्त्र र फरार प्रतिवादी पक्राउ अभियानले जिल्ला स्थित संस्थागत तस्करी पूर्ण रुपमा नियन्त्रण भएको छ भने सैयौं प्रतिवादी पक्राउ परेका छन्। खुला सीमानाको कारण झोले पोके तस्करी भने पूर्ण नियन्त्रण हुननसकेको देखिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार