जनकपुरधाम ।
जनकपुरधामको बस्ती इलाकामा आज हरिण फेला परेको छ । स्थानीय लक्ष्मण अखाडा स्थित दिगम्बर मिश्रको घर अगाडी हरिण देखिएपछि मिश्रका परिवारले वन कार्यालयमा जानकारी गराएपछि उद्धार गरिएको जानकारी डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले मोडेल खबरलाई जानकारी दिएका छन् ।
सो हरिण घाइते अवस्थामा रहेको थियो । लक्ष्मण अखाडा दिगम्बर मिश्राको घरबाट वनका अधिकृत नागेश्वर प्रसाद यादव, कमाण्डर वैजनाथ सिंह र मिथिला वाइल्ड लाइफ देवनारायण मण्डलको टीमले हरिण उद्धार गरी डिभिजन वन कार्यालय मा ल्याई उपचार पश्चात धनुषाधाम सव डिभिजन वन कार्यालयमा राखेको छ ।
लक्ष्मण अखाडामा सो हरिण कसरी आए त्यसको प्रहरीले अनुसन्धान गरिरहेको छ ।






