अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ११, सोमबार १२:३७

काठमाडौं । नेपालमा दुई भारतीय कम्पनीका औषधि बिक्रीवितरणमा रोक लगाइएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा न्यून गुणस्तर पाइएपछि औषधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाएको हो ।

विभागले भारतको साइकोट्रपिक इन्डिया लिमिटेडको पिल्प्यान ४०, पेन्टोप्राजोल ट्याब्लेटको एमजीको ब्याच नम्बर सीआई६४३००८ को बिक्रीवितरणमा रोक लगाएको छ । यस औषधिको आयातकर्ता शारदा मेड्केयर ट्रेडर्स प्रालि काठमाडौं रहेको विभागले जनाएको छ ।

यस्तै, भारतकै एरिस्टो फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर एमपीजे२३३४८७ को एसिटप ४० एमजी, पेन्टाप्राजोल औषधि पनि बिक्रीमा रोक लगाइएको छ । यस औषधिको नेपाली आयातकर्ता युनिक ट्रेड लिंक प्रालि वीरगन्ज हो ।

विभागले खराबी देखिएको ब्याचको औषधि बिक्रीवितरण नगर्न तथा बजारबाट फिर्ता ल्याएर त्यसको विवरण बुझाउन निर्देशन दिएको छ ।

यस ब्याचको औषधि सिफारिस र प्रयोगसमेत नगर्न विभागको आग्रह छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार