अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १०, आईतवार १७:३३

चन्द्रपुर,१० चैत । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द गराइएका रौतहटका करिब २० वटा निजी अस्पताल खुलेआम सञ्चालन भइरहेको पाइएको छ ।

मधेश सरको स्पष्ट निर्देशन हुँदाहुँदै पनि गैरकानुनी रूपमा यी अस्पतालहरू सञ्चालनमा रहेको गुनासो बढ्दै गएको हो ।

चन्द्रपुर नगरपालिकाले निजी अस्पताललाई दिएको अस्थायी अनुमति पत्र खारेज गरिसकेको छ । दर्ता बेगरै सञ्चालन भइरहेका चन्द्रपुरका १० वटा निजी अस्पतालहरूलाई गत फागुन १७ गते मुख्यमन्त्री सिंहको निर्देशनमा बन्द गर्न आदेश दिएका थिए ।

तर, अस्पताल सञ्चालकहरूले नगरपालिकाबाट १५ सैयाको अस्पताल सञ्चालन गर्नका लागि ३५ दिनका अस्थायी अनुमतिपत्र लिएका थिए ।

यसैबीच, चन्द्रपुस्थित हाइवेटरामा सेन्टर एण्ड रिसर्च सेन्टरमा गत आइतबार उपचाररत बिरामी ब्रजकिशोर साहको मृत्यु भएपछि यो विषयले नयाँ मोड लिएको छ ।

मुख्यमन्त्री सिंहले कुनै पनि तहबाट अस्थायी अनुमतिपत्र दिने कानुनी प्रावधान नरहेको बताउँदै विज्ञप्ति जारी गरेका थिए । त्यसपछि चन्द्रपुर नगरपालिकाले ती अनुमतिपत्र बदर गरेको थियो ।

तर, नगरपालिकाले अनुमति खारेज गरे पनि अहिले पनि ती अस्पतालहरू निर्बाध रूपमा सञ्चालन भइरहेको देखिएको छ । यस्तै, गरुडा नगरपालिकाका करिब १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिइएको भए पनि ती अस्पतालहरू मुख्यमन्त्रीको आदेश अवज्ञा गर्दै सञ्चालन भइरहेका छन् । यस घटनाले प्रदेश सरकारको निर्देशन कार्यान्वयनमा कमजोरी देखिएको स्पष्ट भएको छ ।

अब प्रशासनले कस्तो कदम चाल्छ भन्ने विषयमा स्थानीय बासिन्दाहरू चासोका साथ हेरिरहेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार