अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ७, बिहीबार १६:४६

भैरहवा, चैत्र ७ । रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परिक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।

जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सुचना अधिकृत अम्बर केसीले जानकारी दिए । परिक्षामा रेगुलर तर्फ १७ हजार ३ सय ३० मध्ये १७ हजार २ सय १७ जना विद्याथीहरुले परिक्षा दिएको र ११३ जना विद्यार्थी अनुपस्थिती रहेको शिक्षा अधिकृत केसीले जनाए ।

यसैगरी अपाङ्ग भएका विद्यार्थीहरु पूर्ण रुपमा हात नचल्ने र दृष्टि विहिन विद्यार्थीहरु गरी १५ जना विद्यार्थीले सहयोगी विद्यार्थीको रुपमा कक्षा ९ का विद्यार्थीको सहयोगले परिक्षा दिएका छन । उनिहरुको अवस्था हेरेर आधा घण्टा समय थप गरिएको पनि शिक्षा अधिकृत केसीले बताए ।

साथै, कारागार र बालसुधार गृहबाट ८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त विद्यार्थीहरुको परिक्षा केन्द्र भैरहवा नमुना मा.वि भएपनि उनीहरुले आफु रहेकै स्थान बाट परिक्षा दिने व्यवस्था मिलाइएको थियाे ।

यसैबीच रुपन्देहीको सिद्धार्थनगर नगरपालिका -८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेको विद्यालयका प्राचार्य रूप कुमार रायमाझीले जानकारी दिए । उनका अनुसार परीक्षा चलिरहेको बेला प्रवेश पेपरमा हस्ताक्षर गर्न जाने बेला प्रवेश पत्रमा भएको तस्बिर र परीक्षार्थीको अनुहार नमिले पछि सोधपुक्ष गर्दा नक्कली विद्यार्थी भएको पाइएको हो ।

तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु-संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको प्रfचार्य रायमाझीले बताए । उक्त विद्यार्थीको ग्रेड वृद्धिको परीक्षा आज मात्र रहेको र त्यसैमा पनि नक्कली परीक्षार्थी प्रयोग भएको पाइएपछि उक्त विद्यार्थीलाई जिल्ला प्रहरी कार्यलय रुपन्देही पठाइएको प्राचार्य रायमाझीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार