अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २९, बिहीबार १०:१७

काठमाडौ । नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्।

बुधबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेतलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिव एवम् एआईजी दुर्गा सिंहले कासमुका आधारमा अगाडी रहेकालाई बढुवा गरिएको बताइन्।

एसपी श्याम राई र सञ्जय राउत चैत १ गतेदेखि अनिवार्य अवकाश हुने भएपछि कार्की र बस्नेतलाई उक्त स्थानमा बढुवा गर्न सिफारिस गरिएको हो। उनीहरु दुवै जना ३० वर्षे सेवा अवधिका कारण अवकास हुन लागेका हुन्।

एसपीमा सिफारिस कार्की काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा र बस्नेत राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत छन्।

यसअघि डेढ महिना पहिले ३७ जनालाई डीएसपीबाट एसपीमा बढुवा गरिएको थियो। तर त्यतिबेला कार्की र बस्नेतभन्दा डेढ वर्ष जुनियरलाई बढुवा गर्दा उनीहरुलाई भने छुटाइएको थियो।

पहिले बढुवा सूचीमा रहेका डीएसपीमा कार्की तेस्रो नम्बरमा थिए। बस्नेत पनि कार्कीकै ब्याची हुन्। उनीहरुका ब्याचबाट तीन वर्ष पहिले नै एसपीमा बढुवा भइसकेका छन्।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार