अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २५, आईतवार १२:२१

भैरहवा ।  बुद्धजन्मस्थल लुम्बिनीमा ७ हजार दीप प्रज्वलन गरिएको छ ।  चौथौ त्रिपिटक पाठ समारोहको समापन लगत्तै शनिबार बेलुका केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको हो ।

धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका ५ सय जना अल्पकालीन भिक्षुहरुको सहभागितामा शान्ति र साहर्दताका लागि दीप प्रज्वलन गरिएको हो । नेपालको झन्डा केन्द्रभाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्वलनको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थविरले शुभारम्भ गरे  ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गर्नु आफैमा महत्वपूर्ण भएको बताए । उनले बुद्धका उपदेशहरुलाई यस्तै आध्यात्मिक कार्यक्रमहरुबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा थाईधम्मकायका सल्लाहकार डा. अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउँदै दीपले आन्तरीक र बाह्य ज्ञानलाई प्रतिबिम्बन गरेको बताए ।

यसैगरी कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती डा. सुवर्णलाल बज्रचार्यले बोल्दै दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अध्यारो चिर्दै जाने बताए । समारोहमा गायिका देविका बन्दनाले बुद्धसम्बन्धी गीत प्रस्तुत गरेकी थिईन । गत वर्ष पनि सोही स्थानमा दीप प्रज्वलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार