अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २३, शुक्रबार ०९:४१

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको झन्डै आठ महिना हुन लागेको छ । तर सबभन्दा नजिकको छिमेकी देश भारत भ्रमणमा जानु त टाढाको कुरा, सामान्य फोन संवाद पनि हुन छाडेको छ ।

यसअघिका नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच बेलाबेला फोन संवाद हुन्थ्यो । यसअघि ओलीसँग पनि भएको थियो । तर यसपटक संवाद पूरै बन्द छ ।

भारतको ओडिसामा नेपाली विद्यार्थीको मृत्यु हुँदासमेत ओलीले समकक्षी मोदीलाई फोन गर्न सकेनन् । आफ्नो एक्समार्फत सन्देश दिएर कूटनीतिक माध्यबाट समाधान गर्न आग्रह गरेका थिए । दुवै देश मिलेर घटना समाधान गरेका थिए । तर मोदीसँग ओलीको भने प्रत्यक्ष कुराकानी हुन सकेन ।

पछिल्लो समय सम्बन्ध सुधारका लागि नेपालको तर्फबाट पटक–पटक प्रयास नभएका होइनन् । तर भारतले त्यसलाई बेवास्ता गर्ने गरेको छ ।

अहिले नेपाल–भारतबिच सम्बन्ध पूरै चिसिएको छ । जुन यी तीन वटा कारणले पुष्टि गर्छन् ।

हालै नेपाल भ्रमणमा आएका भारतीय थल सेनाका पूर्वअध्यक्ष मनोज मुकुन्द नरवणेले पनि यो कुरा स्विकार गरेका छन् । नेपाली सेनाका सेनापतिलगायत अन्य उच्च पदाधिकारीसँग भेटघाट गरी फर्केपछि नेपाल–भारतबिच सम्बन्ध बिग्रेको र सुधार्न दुवै देशलाई उनले सुझाव दिएका छन् ।

निम्ता नआएपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन सकेको छैन । तर नेपालको तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक–पटक निम्ता गएको छ, तर उनी आएका छैनन् । जबकि, मोदीले प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाल भ्रमणमा आउने घोषणा गरेका थिए, त्यतिवेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालमा प्रधानमन्त्री थिए ।

तत्कालीन प्रधानमन्त्री प्रचण्ड मोदीको शपथग्रहणमा जाँदा चाँडै नेपाल भ्रमणमा आउने मोदीले बताएका थिए । तर मोदीले प्रधानमन्त्रीका रूपमा शपथ लिएको नौ महिनाभन्दा बढी भइसक्यो । त्यसबिच उनी विभिन्न देशका भ्रमणमा गइसकेका छन् । तर नेपाल भने आएनन् ।

मोदीले शपथ लिएको ठिक एक महिनापछि यता ओलीले पनि प्रधानमन्त्रीमा शपथ लिएका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीलाई मोदीले एक्समार्फत शुभकामना पनि दिएका थिए । जबकि, नेपालमा प्रधानमन्त्री नियुक्त हुँदा मोदीले फोन नै गरेर बधाई दिने गर्थे र त्यसैवेला भ्रमणको निम्ता पनि आउँथ्यो । तर यसपटक त्यस्तो भएन, एक्समार्फत बधाई दिनुबाहेक मोदीले अरू रेस्पोन्स गरेनन् ।

मिस्रीमार्फत प्रयास

ओली प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनापछि भारतका विदेश सचिव विक्रम मिस्री भने नेपाल भ्रमणमा आएका थिए । भेटघाट भयो, तर भारत भ्रमणका लागि उनले पनि बोलाएनन् ।

सचिव मिस्री नेपाल भ्रमणमा आउन लाग्दा धेरैलाई मोदीको भ्रमण निम्तो बोकेर आउँछन् भन्ने लागेको थियो, तर त्यस्तो भएन । ओलीले उल्टै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएर मिस्रीलाई पठाइदिए । विदेश सचिव मिस्री फर्केपछि परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा गइन् । परराष्ट्रमन्त्री राणालाई भारतले उच्च सम्मान दिएको थियो । मोदीदेखि अन्य उच्चपदस्थ व्यक्तिहरूसँग राणाको भेटघाट भएको थियो ।

उक्त भ्रमणमा प्रधानमन्त्री अ‍ोलीलाई भारत भ्रमणका लागि मोदी निमन्त्रणा दिन सक्ने अड्कल सबैले गरेका थिए । आफ्नो भारत भ्रमण तय गराउन पनि ओलीले परराष्ट्रमन्त्री राणालाई त्यसतर्फ पठाएका थिए । तर यस पटक पनि ओलीलाई बोलाउने कुरै भएन । बरु मोदीलाई नै राणाले नेपाल भ्रमणको निम्तो दिएर फर्किइन् ।

ओलीबाट प्रयास 

असोजमा भएको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन दुवै देशका समकक्षी त्यहाँ पुगेका थिए । त्यहाँ पनि भेटघाट हुने/नहुने निश्चित भइरहेको थिएन । लामो कसरतपछि मात्र दुई प्रधानमन्त्रीबिच भेटघाट भयो तर त्यहाँ पनि मोदीले नेपाललाई खासै महत्त्व दिएनन् अर्थात् ओलीलाई भारत भ्रमणका लागि बोलाएनन् ।

प्रधानमन्त्री ओलीमार्फत मोदीलाई नेपाल भ्रमणका लागि त्यहाँ आग्रह गर्दा मोदीबाट भने त्यस्तो कुनै आग्रह भएन ।

यसपछि दुवै देशको सम्बन्ध सुध्रिनुको सट्टा झन् बिग्रिँदै गयो । सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री राणाले पटक–पटक प्रयास गरिरहिन् । ओलीलाई भारत भ्रमण गराउन उनले विभिन्न स्रोतहरू जोडिन्, तर भारतले कुनै ‘रेसपोन्स’ देखाएन । अनि बाध्य भएर प्रधानमन्त्री चीन भ्रमणमा गए ।

भारतको भ्रमण गरेर मात्र अरू कुनै देशको भ्रमणमा जाने सोच बनाएका ओलीलाई भारतले नबोलाएपछि देखाउनकै लागि चीन भ्रमणमा गएका कतिपयको विश्लेषण छ । त्यही झोकमा ओलीले मंसिर १७ देखि चीन भ्रमण मात्र गरेनन्, बीआरआई फ्रेमवर्कका सम्झौता नै गरेर फर्किए ।

ओलीको उक्त कार्यले भारत झन् चिढियो, नेपालसँग दूरी बढ्यो । तर नेपालले आफ्नो प्रयास छाडेन । चीन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री ओलीले पनि चाँडै भारतको भ्रमण गर्ने घोषणा नै गरे । परराष्ट्रमन्त्री राणाले पनि प्रधानमन्त्री ओलीको भ्रमण चाँडै हुने बताइन् । अनि त्यसको चाँजोपाँजोमा उनी लागिन् ।

चीनबाट फर्केपछिको प्रयास

परराष्ट्रमन्त्री राणा बेल्जियम, नेदरल्याण्ड्स, लक्जेम्बर्ग, जर्मनीको भ्रमण गरेर उतैबाट पुस ४ गते भारतको दिल्ली पुगेकी थिइन् । प्रधानमन्त्री अ‍ोलीलाई भारत भ्रमण गराउने वातावरण तयार गर्न उनी भारत पुगेकी थिइन् । तर अघिल्लो भ्रमणमा रातोकार्पेट ओछ्याएको भारतले यो पटक राणालाई कुनै महत्त्व दिएन ।

यहाँसम्म कि, भारतका कोही पनि उनीसँग भेट्न मानेनन् । राखी बाँधेर सम्बन्ध बनाएका भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालाले पनि भेट्न मानेनन् । परराष्ट्रमन्त्री आरजुप्रति भारत झन् कडा हुनुको कारण थियो, बीआरआई फ्रेमवर्क ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार