अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २३, शुक्रबार ०६:३९

काठमाडौँ —सरकारले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्ति गरेको छ । डा. रोशन पोखरेल उमेरहदका कारण गत फागुन ११ मा अवकाशमा गएकाले बुधबारको मन्त्रिपरिषद् बैठकले देवकोटालाई नियुक्ति दिएको हो । वरिष्ठलाई पन्छाएर सचिव नियुक्ति गरिएको भन्दै सरकारको आलोचना पनि सुरु भएको छ ।

नयाँ सचिव नियुक्तिका लागि बढुवा समितिले डा. संगीता कौशल मिश्रा, डा. देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो । त्यही सिफारिसलाई सामान्य प्रशासन मन्त्रालयले बुधबारको मन्त्रिपरिषद्को बैठकमा लगेको थियो ।

अतिरिक्त सचिवमा कार्यरत मिश्राले भने आफू वरिष्ठ हुँदाहुँदै कनिष्ठलाई सचिव बनाइएको भन्दै असन्तुष्टि जनाएकी छन् । आफू मधेशी महिला भएकैले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सचिव नबनाएको उनको आरोप छ ।

मन्त्री पौडेलले भने बढुवा समितिको सिफारिस र सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्ने हुनाले त्यसमा आफ्नो कुनै भूमिका नभएको बताए । ‘सचिव नियुक्तिमा स्वास्थ्यमन्त्रीको कुनै भूमिका रहँदैन,’ उनले कान्तिपुरसँग भने, ‘बढुवा समितिले सिफारिस गर्‍यो, सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लग्यो र मन्त्रिपरिषद्ले निर्णय गर्‍यो, यसमा स्वास्थ्यमन्त्रीलाई जस–अपजस दिने ठाउँ छैन ।’

स्वास्थ्य सेवा विभागमा पूर्वमहानिर्देशकसमेत रहेकी डा. मिश्राले समन्वयमा बेवास्ता गर्ने गरेको भन्दै स्वास्थ्यका कर्मचारीले नै गुनासो गर्दै आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए । ‘उहाँको विषयमा समकक्षी र कनिष्ठ कर्मचारीहरूको गुनासो थियो, त्यसैका आधारमा प्रधानमन्त्रीले अर्को प्रतिस्पर्धीलाई छान्नुभएको हो, तीन जनामध्ये एक जना छान्नु अनौठो होइन,’ ती अधिकारीले भने ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १९ मा सचिव नियुक्तिसम्बन्धी व्यवस्था छ, जसमा स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेका कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने व्यवस्था छ ।

पहिलो नम्बरमा सिफारिस भएकी मिश्रा आफू कार्यसम्पादन र ज्येष्ठताका आधारमा अरूभन्दा अगाडि रहेको बताउँछिन् । २०५७ मा स्वास्थ्य सेवा प्रवेश गरेकी उनी बीचमा ‘ग्याप’ गरेर पुनः खुला प्रतिस्पर्धामार्फत २०७० मा सरकारी सेवामा फर्किएकी थिइन् । खुला प्रतिस्पर्धाबाट एघारौं तहमा नाम निकालेकी उनले कोशी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् । उनी २३ असार २०७९ मा बाह्रौं तहमा बढुवा भएकी थिइन् । देवकोटा र बाराकोटी भने एकै दिन १३ चैत २०७९ मा बाह्रौं तहमा बढुवा भएका थिए । देवकोटा २०५३ र बाराकोटी ०५६ मा सेवा प्रवेश गरेका हुन् । स्वास्थ्य विभागको महानिर्देशकबाट आफूलाई हटाएर डा. देवकोटालाई नियुक्त गरिएकोमा पनि डा. मिश्राको असन्तुष्टि रहँदै आएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार