अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २२, बिहीबार ११:४९

२२ फागुन, बर्दिवास । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु तराई मधेश जागरण अभियानको क्रममा बालेन साहको पुर्ख्यौली घरमा समेत पुगेका छन् ।

उनले बालेनको घरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताए । महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको बालेन साहको पुर्ख्यौली घरमा स्वागत कार्यक्रम राखेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘बालेन साहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरुको घरमा, हामी आइपुगेका छौं । यो पनि एउटा रमाइलो महसुस भाछ,’ प्रचण्डले भने, ‘बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’

समावेशी, समानुपातिक जस्ता उपलब्धि हासिल गर्न नेकपा माओवादी केन्द्रकै भूमिका रहेको भन्दै प्रचण्डले एकथरि मानिस ती उपलब्धि उल्ट्याउने प्रयासमा रहेको बताए । ‘हजारौंको बलिदान गरेर पहिचान र अधिकारको मुद्दालाई, समावेशी र समानुपातिकको मुद्दालाई स्थापित नगरेको भए आज देश यो ठाउँमा हुने थिएन,’ उनले भने ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार