काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कांग्रेसले लामो समयदेखि एउटा व्यक्तिका बारेमा प्रश्न उठाइरहने र बोल्न नदिने भन्ने हुन्छ भन्दै प्रश्न गरेकी छिन् । बिहीबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै उनले संसदमा प्रश्नको उत्तर दिन पाउनुपर्ने बताएकी छिन् । उनले भनिन,‘स्पष्टीकरण दिन पाउनुपर्छ, बोल्न पाउनुपर्छ, आफ्ना कुरा राखेपछि त्यहाँबाट समाधान निस्कन सक्छ भन्ने हामी सबै सत्तापक्ष र प्रतिपक्षको पनि सहमति बनेको थियो । पछि प्रतिपक्षभित्र के भयो एकमत हुन सकेन । उहाँहरू जसरी उठेर सरकारको लाइनभित्र छिर्नुभयो त्यसपछि असहज अवस्था आयो ।’उनले सरकार भिड्न तयार नभएको बताउँदै सरकारको लाइनभित्र प्रवेश गरेपछि संसदमा असहज अवस्था आएको बताइन् ।





