अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ जेष्ठ ४, शुक्रबार ००:४३

काठमाडौँ । बालमन्दिर जग्गा प्रकरणमा हतारहतार पक्राउ पुर्जी जारी गराएको अनुसन्धानकर्ता निकाय एक सातादेखि चुपचाप बसेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वैशाख २७ गते बालमन्दिरको जग्गा दुरुपयोगमा संलग्न भएकाहरूलाई पक्राउ गर्ने भन्दै २० जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।सीआईबीले माथिको दबाबका कारण तत्कालीन समयमा बालमन्दिरको जग्गा भाडामा लिएका व्यक्तिहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । खासगरी यो प्रकरणमा गृहमन्त्री रवि लामिछानेले चासो दिएर पक्राउका लागि सीआईबीमा दबाब दिएका थिए । गृह मन्त्रालयबाट हरेक पटक फलोअप मागेपछि प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जीका लागि अनुमति माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मार्फत निवेदन दिएको थियो । अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने तर्क आएपछि अदालतले उनीहरूको नाममा पक्राउ पुर्जी पनि जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार