२०८१ जेष्ठ ४, शुक्रबार ००:२८
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ। गोली लागेर उनी गम्भीर घाइते भएको द न्यूयोर्क टाइम्सले जनाएको छ।
एक सरकारी बैठक सकेर बाहिर निस्किँदै गर्दा फिकोमाथि थुप्रै पटक गोली प्रहार भएको हो। स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाका अनुसार गोली हानेको आशंकामा एक जनालाई घटनास्थलबाटै पक्राउ गरिएको छ।





