नेपाल भ्रमणमा रहेका राय र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा उनले धनुषयज्ञमा आधारित अयोध्या र जनकपुरधाम तथा सीता र रामको सम्बन्धलाई जीवन्तता दिन मन्दिरमा सो प्रतिक राख्न आफूले पहल गर्नेसमेत बताए । “नेपाल र भारतको ऐतिहासिक सम्बन्ध छँदैछ, त्यसैमा अयोध्या र जनकपुरधामको विशिष्ठ सम्बन्ध छ । त्यो सम्बन्ध धनुषयज्ञमा आधारित राम र सीताको विवाहले सम्भव भएको हो”, रायले भने, “त्यसैले जनकपुरधामवासीका तर्फबाट धनुष प्रदान गरिएमा त्यसलाई ऐतिहासिक राममन्दिरको दोस्रो तलामा बन्ने रामदरबारमा राख्ने विषयमा मेरो पहल रहन्छ । त्यसले हाम्रो सम्बन्धलाई थप मजबुत बनाउने मेरो विश्वास छ ।”





