अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १९, बुधबार १०:५०

प्रहरीले तस्करीको सामान बरामदमा लागेको बेला मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकामा झण्डै १ करोड ३४ लाख ६५ हजार रुपैयाँको अनौठो चोरी भएको छ । वीरगञ्जको वाइपासमा रहेको निजी क्षेत्रको एउटा बैंकमा भएको चोरीले प्रहरीलाई समेत चकित बनाएको छ । आवश्यकता जति रकम चोरेपछि चोरले बैंकलाई सुरक्षित राख्न आफूसँगै ल्याएको ताल्चा लगाइदिएका थिए ।वीरगञ्जको लक्षुमना चोकस्थित बाइपासमा रहेको नबिल बैंकको शाखाबाट यस प्रकारको अनौठो चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा परेको जाहेरीमा १ करोड ३४ लाख रुपैयाँ चोरी भएको उल्लेख छ । बैंकको सो शाखामा सोमबार विहान चोरी भएको बताइएको छ । चोरले चदराको बाकसमा राखिएको १ सय ५० र २० दरका नोट मात्र लगेका छन् ।चोरी भएको रकम यकिन गर्न बैंकलाई पूरा १ दिन नै लाग्यो । बैंकले मंगलबार मात्र चोरी भएको रकम यकिन गरी जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ । पर्साका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले बैंकमा चोरी भएको उजुरी परेको पुष्टि गरेका छन् । बंैकमा लगाइएको ताला चोरले काटेर भित्र प्रवेश गरेपछि चदराको बाकस फुटालेर रकम चोरी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । तर भल्टमा रहेको १ हजार, ५ सय दरका नोट चोरले लग्न सकेको छैन ।भल्टको ताल्चा काट्न नसकेको कारण १ हजार र ५ सय दरका झण्डै २ करोड रुपैयाँ जोगिएको छ । रकम यकिन गर्न कठिनाइ भएको बताउँदै बैकका एक कर्मचारीले भने,‘ चोरले सबै रुपैयाँ चोरेको रहेन छ ।’ त्यसमा पनि रकम लिएर निस्कदा बैंकमा नयाँ ताल्चा लगाएको ती कर्मचारीले जनाए ।कर्मचारीको मिलेमतोमै बैंकमा योजनाबद्ध रुपले चोरी भएको आंशका गरिएको छ । कटरले ताल्चा काटी भल्ट फोडेर रकम चोरी भएको छ । विश्वसनीय स्रोतका अनुसार भल्टमा भएको ३ करोड भन्दा बढी रकम मध्ये १ करोड ३४ लाख ६५ हजार रुपैयाँ मात्र चोरी भएको छ । ‘चोरले बैंकबाट बोरामा रुपैया लगेको हो’ डीएसपी थापाले भने, बैंकमा रकम चोरिएको भेउ विहान कर्मचारी पुग्दा पाएका थिए ।शाखा कार्यालय रहेको घरधनीको सामानसमेत चोरी भएको भेउ पाएको प्रहरीले जनाएको छ । बैंकमा चोरी भएकै कारण सोमबार सो शाखाको सबै कारोबार बन्द गरिएको थियो । बैंकले सोमबार विहानै बाहिर पर्खालमा सूचना टाँसेर सबै कारोबार बन्द रहेको जनाएको थियो । ‘यस शाखामा विशेष कारणवस कारोबार हुन नसकेकोले नजिकैको वीरगञ्ज शाखा र पावरहाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दछाँै ’ सूचनामा उल्लेख गरिएको छ, यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।’ सोमबार बिहान ९ बजे कर्मचारीले बैंक खोल्न जाँदा गेटमा नयाँ ताल्चा लगाएको देखेपछि प्रहरीलाई खबर गरिएको डीएसपी थापाले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार