अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १७, सोमबार १९:१२

आज तराई मधेशका जिल्लामा गर्मी झनै बढेको छ । एक हप्ताभन्दा बढी समयदेखि भइरहेकाे उखरमाउलो गर्मी आज झनै बढेपछि जनजीवन कष्टकर बनेको छ ।

आज तराई मधेशका धेरैजसो ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै पुग्यो । दिउँसो रौतहट, पर्सा, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस आसपास पुग्यो ।गर्मी अत्यधिक बढेका कारण दिउँसो तराई मधेशका बजार तथा बस्तीहरू सुनसान थिए । घरबाट बाहिर निस्कनै नसक्ने अवस्था रहेको स्थानीयले बताएका छन् । तराई मधेशसँगै काठमाण्डौ उपत्यकासहित मध्यपहाडका धेरैजसो जिल्लामा पनि गर्मी बढेको छ ।गर्मी अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईमा तातो हावाको लहर बढिरहेकोमा अधिकतम तथा न्यूनतम दुवै तापक्रम बढ्ने क्रममा रहेकाले तातो हावाको लहर अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आउँदा केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै विभागले चेतावनीसहितको सूचना जारी गरेको छ ।महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताउनुभयो । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, हल्का तथा सुतीका लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोपेर मात्र निस्कन, पटक–पटक पानी तथा जुस, सर्बतलगायतका झोलिलो प्रशस्त खान स्वास्थ्यकर्मीको सुझाव छ ।यसैबीच गर्मी र सुक्खासँगै देशभर आगलागी र डढेलोका घटना पनि बढेकाे छ । आगलागी, डढेलो र सुक्खापनका कारण वायु प्रदूषण पनि बढेको छ । काठमाण्डौ विश्वका ठूला शहरहरूमध्ये सबैभन्दा बढी वायु प्रदूषित शहरको रूपमा रहेको छ भने काठमाण्डौको भन्दा पनि चितवनको अवस्था खराव छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार