अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १६, आईतवार १९:२३

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल छिमेकी देश भएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पहिलो प्राथमिकता राखेको बताएका छन् ।

नेपालको तेस्रो लगानी सम्मेलन बोल्दै उनले नेपालमा पूर्वाधारदेखि मोबाइल प्रविधिलगायतका क्षेत्रमा लगानी गर्नका लागि भारत तयार रहेको बताए ।

जलविद्युत र पर्यटनको क्षेत्रपनि विस्तार हुँदै गएकाे उल्लेख गर्दै श्रीवास्तवले त्यसमा पनि सहकार्य गर्न भारत तयार नै रहेकाे बताए ।

उनले भने, ‘नेपाल र भरतको सम्बन्ध धेरै पहिले देखिको हो । हाम्रो प्रधानमन्त्री मोदीको समेत छिमेकी नेपाल हाम्रो पहिलो प्राथमिकतामा रहेको छ।नेपालमा हामी पूर्वाधारदेखि मोबाइलप्रविधि लगायतमा क्षेत्रमा सहकार्य गर्न तयार छौ । नेपालले केहि वर्षदेखि जलविद्युत क्षेत्रमा रहेको छ । जलविद्युत केहि मात्रामा निर्यात गर्दै छ । हामीले नेपाल भारत बङ्गलादेश समेतमा जलविद्युत व्यापारको त्रिपक्षीय सम्झौता समेत गरिसकेका छौँ । जसबाट नेपाल दक्षिणी एसियाकै ग्रिन ईनर्जीको हब बन्दै छ। नेपालमा आउने पर्यटनका रुपामा २०% भन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हामी त्यस क्षेत्रमा समेत लगानीका लागि सहकार्य गर्न तयार छौ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार