अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख ९, आईतवार १६:०४

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुसँग ११ खर्ब बढी लगानी योग्य पुँजी (तरलता) ‘होल्ड’ भएको देखिन्छ । २०८० चैत ३० गतेसम्म कूल ६१ खर्ब ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका बैङ्कहरूले यस अवधिमा यता ५० खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । निक्षेप र कर्जा लगानीको अन्तर ११ खर्ब २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । तथापि, अनिवार्य तरलता अनुपात बैंक तथा वित्त कम्पनीहरूले उठाएको निक्षेपको १२ प्रतिशतसम्म रकम विभिन्न सुरक्षण तथा फन्डहरूमा राख्नुपर्ने केन्द्रीय बैंकको नीति अनुरूप चैत मसान्तसम्म बैंक तथा वित्त कम्पनीहरूले १२ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ विभिन्न सुरक्षण लगानीमा हालेका छन् । यसो गर्दा पनि हाल बैंक तथा वित्त कम्पनीहरूसँग ६ खर्ब रुपैयाँभन्दा माथि तत्काल लगानी गर्न सकिने तरलता कायम रहेको वित्तीय रिपोर्टले देखाउँछ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार