अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख ९, आईतवार १६:००

सत्ता गठबन्धनमा साथ रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच तिक्तता बढेको छ ।

गठबन्धनबाट पाएको आश्वासन हावामा उर्न थालेको बेला नेकपा एसका अध्यक्ष नेपाल एमाले अध्यक्ष ओलीप्रति बढी अक्रामक बनेका छन् । एमाले अध्यक्ष ओलीलेपनि एसलाई दलको रुपमा स्वीकार्न समेत चाहिरकेका छैनन् ।गठबन्धनमा रहँदाको दोस्रो उपलब्धीको रुपमा प्राप्त गरेको सुदुरपश्चिम प्रदेशको सरकारमा एमाले सहभागि नहुने भएपछि नेपालको आक्रोश बढेको छ ।एमाले अध्यक्षसित आक्रोशित बनेका एस अध्यक्ष नेपालले गौरमा सत्ता उथलुपथल गर्ने धम्की दिएको २४ घण्टा नबित्दै काठमाण्डुमा ‘केप ीओली क्रिकेट प्रतियोगिता’, ‘केप ीओली फुटवल टुर्नामेन्ट’ जस्ता प्रतियोगिताहरुको आयोजनामाथि प्रश्न उठाएका छन् । एमालेको शनिवार काठमाण्डुमा पार्टीको प्रतिनिधि परिषदको पहिलो बैठक सुरु भएको छ ।अध्यक्ष ओलीले बैठकलाई सम्बोधनगर्दै प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा वामपन्थी एकता वा अन्य कुनै पनि नाममा राजनीतिक शक्तिहरुबीच ध्रुवीकरण उचित नहुने बताएका छन् । ‘कुनै पनि विचार या शक्तिलाई निषेध गर्ने गरी वामपन्थी एकता या समाजवादी ध्रुव निर्माण गर्नु व्यवहारिक हुँदैन्’ उनले भने, ‘मुख्य प्रश्नहरुमा न्यूनतम समझदारीको खाँचो छ, अनि विचार मिल्नेहरु माझ सहकार्य आवश्यक छ । ’ ‘यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन’, ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । अहिलेको सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरु क्रमशः एक ठाउँमा हुन सक्ने छन् ’ उनले भने , आजका दिनमा भने सबै सकारात्मक शक्तिहरुलाई साथ लिएर अगाडि बढ्नु बढी महत्वपूर्ण छ ।’सत्तासिन माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी(जसपा)बीच समाजवादी मोर्चा बनाउने सहमति भएको छ ।ओलीले हाल समाजवादी मोर्चाको संभवाना नरहेको आप्mनो प्रतिवेदनमा उल्लेख गरेका छन् ।उनले निषेधको राजनीति गर्न उचित नहुनेपनि बताएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार