अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख ६, बिहीबार २२:२६

जनकपुरधाम उपमहानगरपालिका १६ पुल चोकको रेल्वे लिक नजिकै रहेको पोखरीको डिलमा एक युवति र बालिका जलिरहेको अवस्थामा मृत फेला परेका छन् ।

युवति र बालिका जलिरहेको अवस्थामा देखेपछि स्थानीयले बुधवार राति करिब ९ बजे प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुग्दासम्म युवति र बालिकाको मृत्यु भइसकेको थियो ।

राति नै दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगियो । मृतक युवती महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया प्रियंका महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

उनका अनुसार जलेर मृत्यु भएकी बालिका करिब ८/९ महिनाकी छन् । उनी मृतक युवतीकै छोरी रहेको अनुमान छ । तर पुष्टि भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

डिएसपी अवाले भने, ‘मृतक युवतिको आफन्तलाई जानकारी गराएका छौँ । उहाँहरू अहिले आइसकेका छैन । आएपछि घटनाबारे थप कुरा खुल्छ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार