अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० चैत्र २२, बिहीबार २०:२४

काठमाडौँ —सरकारका मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको बताएका छन् । काठमाडौँ —सरकारका मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको बताएका छन् ।

मन्त्रिपरिषद्को आजको बैठकले सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधनमन्त्रीलाई गर्नुपर्ने निर्णइ भएको छ । प्रत्येक दिन बेलुका दिनभरी गरेकामध्ये ठूलो र राम्रो कामको ब्रिफिङ गर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्रीले भने, ‘यो निर्णयले सबै मन्त्रीलाई पनि काम गर्न बल पुग्छ । मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ ।’

पछिल्लो समय कर्मचारीहरूले काम गर्न नमान्दा समस्या देखिएको हो कि भन्ने स्थिति आएको बताउँदै त्यसको अन्त्य गर्नका लागि काम भइरहेको प्रधानमन्त्रीले बताए ।

राजनीतिक नेतृत्व र कर्मचारीले एकअर्कालाई साथ र सहयोग नगरेमा कोही पनि सफल नहुने भन्ने कुरा मन्त्रिपरिषद्मा भएको बताउँदै प्रधानमन्त्रीले प्रत्येक मन्त्रीले हरेक दिनका कामको ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार