चैत्र २१ संग्रामपुर। सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्मले सिमामा रहेको.गा.पा.पर्सा-२ संग्रामपुर र भारतको लालबन्दीका एस.एस.पि.प्रमुख र स्थानिय बासीहरु संग सशस्त्र प्रहरीले बोडर सुरक्षा सम्बन्धी जन चेतना कार्यक्रम गरेका हुन। सशस्त्र प्रहरी बल (बि.ओ.पि) का प्रमुख महेश दहालको आयोजनामा सशस्त्र प्रहरी उपरिक्षक उज्वाल लामिछानेको प्रमुख अतिथि र गा.पा पर्साका वडा अध्यक्ष लगायत स्थानियहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। गा.पा. पर्साका वडा अध्यक्षहरु सतेन्द्र यादव,राकेश राम, रघुनी साह तेलि, अनिल यादव, गणेश साह तेलि,मेयरका प्रत्यासि सुधार झा र पुरुषोत्तम मण्डलहरुले सिमा सुरक्षा सम्बन्धी आ आफ्नो मन्तब्यहरु राखि सिमा सुरक्षामा हुने बाधा अबरोधहरुलाई कसरी समाधान गर्ने जस्ता मन्तव्यहरु राख्नु भएका थियो । सुधिर झाले हाम्रो एरियामा धेरै कोरेक्सिया बच्चाहरु कुलतमा लागेको हो। उनिहरुको पहिचान गरि कोरेक्स बेच्ने र खाने दुबैलाई स्थानिय प्रशासनले कडा भन्दा काडा कर्बाही गर्नु पर्छ भनेका हुन। यहाँ एउटा छोटी भन्सार भए राम्रो हुन्थियो। जनताहरु भारततिर समानहरु किन्न जानू पर्दैन थियो र गए पनि भन्सार कटाएर समानहरु ल्याउनुपर्थियो।यसो गर्दा हाम्रो यहाको बजारको आकार पनि राम्रो,ठूलो हुन्थियो र सरकार र जनता दुबैलाई फाइदा हुन्थ्यो। यसमा सम्बन्धीत निकायको ध्यानआकर्षन होस भन्ने लागयतका मन्तव्य वडा अध्यक्ष राकेश रामले भन्नू भएको थियो। सिमा नाकाहरुमाहुने गलत गतिविधिहरु प्रहरी एक्लैले चाहेर हटाउन सक्दैन। यसमा तपाई हाम्रो सबैको भुमिका उति कै हुनु पर्छ। सिमा नाका सम्बन्धि कुनै पनि समस्या भए भन्ने स्थानिय जनता र प्रहरी मिलेर काम गर्नु पर्छ अनि मात्र सिमा नकामा हुने गालत गतिविधिहरुमा कमि आउन सक्छ भन्ने कुरो उपरिक्षक लामिछानेले भनेका हुन।





