१३ फागुन, काठमाडौं । सरकारले देशभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ । कोरोना महामारीको समयमा बालबालिकाले नियमित खोप लगाउन नपाउँदा केही जिल्लामा दादुरा फैलिएको थियो ।
सरकारले दादुरा धेरै फैलिएको काठमाडौं उपत्यकाका ३ र तराई मधेशका २१ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाउन अभियान सञ्चालन गर्दैछ ।बाँकी जिल्लामा भने ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकाले मात्र यो खोप लगाउनेछन् । त्यसका लागि १३ फागुनदेखि ७ चैतसम्म अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।





