अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० मंसिर १०, आईतवार १९:०४

१० मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधानिक निकाय र राजदूतमा प्रस्तावित व्यक्तिको नाम सुनुवाइ पूरा भएकै दिन अनुमोदनको निर्णय नगर्ने सहमति भएको छ ।

सुनुवाइ समितिका सदस्य जीवन परियारका अनुसार आइतबार क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको सुनुवाइपछि प्राप्त उजुरीका सम्बन्धमा अध्ययन गर्नुपर्ने माग केही सदस्यहरुले उठाएका थिए ।

हालसम्म सुनुवाइ समितिमा सुनुवाइ पूरा भएकै दिन अनुमोदनको निर्णय हुने गरेको थियो । विगतकै अभ्यासका आधारमा पौड्यालको नाम समितिले अनुमोदन पनि गरेको छ ।तर अबदेखि सुनुवाइ पूरा भएको दिन अनुमोदन नगर्ने सहमति भएको समिति सदस्य सांसद परियारले बताए । ‘अबदेखि सुनुवाइ सकिएकै दिन निर्णय नगर्न पनि सक्ने गरी कार्यविधिमा व्यवस्था गर्नेबारे छलफल भएको छ । समितिमा रहेका सबै सदस्यहरुबीच संसदीय सुनुवाइकै दिन अनुमोदनको निर्णय नगर्ने सहमति भएको छ’, सांसद परियारले अनलाइनखबरसँग भने ।आइतबार समितिले पौड्यालविरुद्ध उजुरी दिने उजुरीकर्तासँग पनि छलफल गरेको थियो । उजुरीकर्ताको उजुरी सुनेपछि समितिले पौड्यालसँग सुनुवाइ गरेको हो ।संविधानको धारा २९२ मा संसदीय सुनुवाइ सम्बन्धी व्यवस्था छ । संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदमा नियुक्तिअघि संसदीय सुनुवाइ गर्नुपर्नेछ ।

दफा २६(४) अनुसार सुनुवाइ समितिका दुई तिहाइ बहुमतबाट अस्वीकृत गर्न सक्छन् । स्वीकृत गर्न भने बहुमत भए पुग्छ ।

सुनुवाइ समिति १५ सदस्यीय हुन्छ । समितिमा प्रतिनिधि सभाबाट बाह्र जना र राष्ट्रिय सभाबाट तीन जना सदस्य रहन्छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार