अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० मंसिर ४, सोमबार १४:४७

४ मंसिर, धनगढी । कञ्चनपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तरगत भासीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिदा भीमदत्त नगरपालिका–९ बस्ने ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले चलाएको सुपप्र ०२००४१ प २७०० नम्बरको स्कुटरलाई म २ प ७४५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।गम्भीर घाइते भएका कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्कुटर पछाडि सवार कार्कीकी श्रीमती लक्ष्मी घाइते भएकी छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटरलाई ठक्कर दिएपछि फरार भएका मोटरसाइकल चालक कञ्चनपुरकै वेदकोट नगरपालिका–१० बस्ने २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार