२०८० कार्तिक २९, बुधबार १५:५१
२९ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले न्यूजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
मुम्बईको बानखडे स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
सेमिफाइनल खेलका लागि भारत र न्यूजिल्याण्ड दुवैले टिमका केही परिवर्तन गरेका छैनन् ।
न्यूजिल्याण्डले भने समूह चरणका ९ मध्ये ४ खेल हारेको थियो र समूह चरणमा चौथो भएर सेमिफाइलनमा पुगेको हो ।





