अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण २३, मंगलवार २०:०८

सर्लाही,साउन २३
देशको एउटा जिम्मेवार नागरिकको चरित्रहत्या हुने गरि गलत तथा भ्रामक समाचार प्रकाशन गर्ने मिडिया प्रति पिडितले आपत्ति जनाएको छ। सर्लाहीको बलरा नाकाबाट हुने तस्करीको लाइन चन्दन सिंहलाई दिएको भन्ने गलत समाचार प्रकाशन गर्ने मिडिया प्रति सिंहले आपत्ति जनाएको हो ।
उक्त समाचारमा तस्करी गराउने कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका बरिस्ठ पदाधिकारीहरुको समेत संलग्नता रहेको उल्लेख गरिएको छ।समाचारमा उल्लेख भए अनुसार सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदी तालिममा भागलिन चाइना गएको बेला निमित्त एसपीको जिम्मेवारी सम्हालेका डिएसपी दिपेन्द्र पंजियार थारुले तस्करीको लाइन चलाएको र सो समयमा तस्करीको प्रमुख लाइन चन्दन सिंहलाई दिएको र उक्त कार्यमा सेटिङ्ग मिलाइदिने काम घुमुवा कमान्डर बरिस्ठ सई अरुण यादवले गरेको उल्लेख गरिएको छ। तस्करहरुको प्रहरी तथा सशस्त्र प्रहरी सँग लाइन मिलादिने काम बरिस्ठ सई यादवले गर्ने गरेको भन्ने बारेमा जानकारी जिल्ला प्रहरी कार्यालय सर्लाहीकै एक जना प्रहरी निरिक्षकले दिएको समेत लेखिएको छ।
आफु एउटा सानोतिनो कुखुराको दानाको कारोबार गर्ने व्यापारी मात्र रहेको तर एउटा असल ब्यक्तिको रुपमा कमाएको नाम बिना कुनै तथ्य प्रमाण चिनीको तस्कर भएको आरोप लगाएर समाचार प्रकाशित गरेको उक्त मिडियाले वर्षौंदेखिको कमाएको इज्जत ,मान सम्मान सबै माटोमा मिलाइदिएको भन्दै पिडित सिंहले गुनासो गरे।
उक्त मिडियाले केही महिना अगाडी सर्लाहीका तत्कालीन डिएसपी बिजय श्रेष्ठले पक्राउ गरेको तस्करीको चिनी सहितको १० चक्के ट्रक पनि चन्दन सिंहकै रहेको भनेर आफ्नो नाम जोडेको छ तर उक्त चिनी सहितको ट्रक आफ्नो नभएको र उक्त ट्रकको विषयमा सर्वोच्चमा मुद्दा समेत चलिरहेको उनले बताए ।ट्रक पक्राउ परेको ३ महिना भइसकेको छ।
आफ्नो नाम सशस्त्रका विओपी इन्चार्जहरु ,घुमुवाहरु र केही प्रहरी अधिकृतहरु सँग जोडेर एउटा साधारण व्यापारीलाई बगैर कुनै तथ्य प्रमाणको ठुलो तस्कर साबित गर्न खोजेको मिडिया हाउस र प्रकाशित भएको भ्रामक र गलत समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएकोले सोको विरुद्धमा सम्बन्धित निकायलाई लिखित जानकारी गराइसकेको उनले बताए ।
उक्त समाचार प्रकाशित गर्ने मिडिया हाउस ,समाचार लेख्ने पत्रकार र गलत सूचना दिने ब्यक्ति उपर कार्यवाही तथा निष्पक्ष छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघ सर्लाही ,नेपाल पत्रकार महासंघ मधेस प्रदेश ,नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौ ,प्रेस काउन्सिल नेपाल ,प्रेस काउन्सिल मधेस प्रदेश र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन सहित उजुरी दिइसकेको सिंहले जानकारी दिए।
ललितपुर जिल्लाको सुमेरुमार्ट स्थितबाट संचालित “खोज तलास” नामक अनलाइन पत्रिकामा प्रकाशित भएको समाचारमा समाचार लेख्ने पत्रकार र गलत सूचना दिएर समाचार लेख्न लगाउने श्रोत व्यक्ति जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरिक्षकको नाम उल्लेख नगरिएकोले उनीहरूको नाम पत्ता लगाइ आफु उपर लगाइएको आरोपहरुको विषयमा निष्पक्ष छानबिन गरि न्याय दिलाइदिन सिंहले सम्बन्धित सरोकारवालाहरु सँग आग्रह गरेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार