अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण १९, शुक्रबार १०:२९

सर्लाही,साउन १९
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा रहेको सर्लाही क्याम्पसका विद्यार्थीहरु पठनपाठन तथा व्यवस्थापन सम्बन्धि १८ बुँदे मागहरु पूरा गर्न क्याम्पस प्रमुखले अटेरी गरेको भन्दै विरोध स्वरूप क्याम्पसको गेट अगाडी अनिश्चितकालिन धर्ना सुरु गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन सर्लाही क्याम्पसका सभापति धर्मेन्द्र रायको नेतृत्वमा युनियनका पदाधिकारी तथा विद्यार्थीहरुलेे बिहीबार बिहानदेखि क्याम्पस प्रशासन भवनको मुख्य गेट अगाडि धर्ना सुरु गरेका हुन्।
गत जेष्ठ १९ गते १८ बुँदे माग राखेर क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएर पटकपटक क्याम्पस प्रशासन र विद्यार्थीहरुलाई राखेर समस्याहरुको विषयमा अन्तरक्रिया गरेको भएपनि बेवास्ता गरेकोले धर्नामा बस्नु परेको स्ववियुका सभापति रायले जानकारी दिए ।
उनीहरूले विद्यार्थी भर्ना गर्दा इन्ट्रान्सको व्यवस्था गरि इन्ट्रान्समा उत्कृष्ट हुने ३ जना विद्यार्थीहरुको सम्पूर्ण सुविधा नि:शुल्क गर्नुपर्ने ,विद्यार्थीहरुको सुविधाको लागि बस खरिद गर्नुपर्ने वा भाडामा लिएर चलाउनुपर्ने,क्याम्पसमा शुद्ध खानेपानी र क्यान्टिनको व्यवस्था,छात्राहरुको लागि सेनेटेरी प्याडको व्यवस्था ,कक्षा ११,१२ का विद्यार्थीहरुको लागि हाजिरी रजिस्टरको व्यवस्था ,कक्षा कोठा र कम्पाउण्ड सधैभरी फोहर रहने गरेकोले नियमित सरसफाइ गर्नुपर्ने , प्रत्येक ३/३ महिनामा एकदिन विद्यार्थीहरुलाई भेला गराइ उनीहरूको समस्या र गुनासो सुन्ने व्यवस्था ,+2 तथा स्नातक तहका विद्यार्थीहरुको क्याम्पस पोसाक फरकफरक हुनुपर्ने ,विद्यार्थीहरुले क्याम्पस शु:ल्क बुझाउँदा के कुन कुराको शु:ल्क बुझाएको हो सो को समेत उल्लेख गरि विद्यार्थीहरुलाई उपलब्ध गराउनु पर्ने, क्याम्पसमा रहेको पुस्तकालयलाई व्यवस्थित गरि समयमै सबै विषयका पुस्तकहरु उपलब्ध हुने व्यवस्था मिलाउनु पर्ने,कम्पिउटर कक्षा संचालन हुनुपर्ने,विद्यार्थीहरुको लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखेका छन्।
सर्लाही क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको परीक्षा केन्द्र ३० किलोमिटर टाढा लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा राख्दै आइरहेका कारण विद्यार्थीहरुलाई आवतजावतमा समस्या हुने गरेकोले यहाँका विद्यार्थीहरुलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्ने व्यवस्था गरिदिन र सदरमुकामको क्याम्पस भएता पनि सर्लाही क्याम्पसलाई परीक्षा केन्द्र नतोकिएकाले यस क्याम्पसमा पनि परीक्षा केन्द्र राख्नुपर्ने मुख्य माग रहेको र सो मागको बारेमा जिल्ला प्रशासन कार्यालय सर्लाही र त्रिभुवन विश्व विद्यालय काठमाडौलाई पनि ज्ञापनपत्र बुझाइसकेको स्ववियु सभापति रायले बाएको छ।
धर्ना कार्यक्रम आन्दोलनको सुरुवात मात्र भएकोले अब पनि मागहरु पूरा नभए शिक्षक तथा कर्मचारीहरुलाई क्याम्पस परिसरमा प्रवेश गर्न रोक लगाउने, क्याम्पस प्रशासनको विरुद्धमा प्रदर्शन गर्ने तर पनि माग सम्बोधन गर्न अटेरी गरेको खण्डमा सामुहिक रुपमा अनसन बस्ने आन्दोलनरत विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार