अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण १५, सोमबार ०९:१७

सर्लाही,साउन १५
चेतना मलंगवाले कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा छात्राहरुलाई साइकल र अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चेयर तथा ट्राइसाइकल वितरण गरेको छ।
संस्थाले आइतवार मलंगवा नगरपालिका वडा न-९ स्थित श्रीमती कृष्णा देवी जनता माद्यामिक विद्यालयमा वडा न-९ का वडाअध्यक्ष चन्देश्वर राय ,वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवाल,प्रअ कुशेश्वर राउत लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा आइतवार एक कार्यक्रमको आयोजना गरि सोही विद्यालयमा अध्यनरत रही नियमित विद्यालय आउने १३ जना विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गरेको छ।
सोही दिन जिल्लाको मलंगवासहित ब्रम्हपुरी गाउँपालिका अन्तर्गत त्रिभुवननगर ,पिपरा र नोकैल्वाका अपाङ्गता भएका विपन्न परिवारका १० जनालाई ह्विल चेयर तथा ट्राइसाइकल वितरण गरेको छ।जसमध्ये ४ जनालाई ह्वील चेयर र ६ जनालाई ट्राइसाइकल वितरण गरेको संस्थाका कार्यक्रम संयोजक चन्दन कर्णले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार