अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण १४, आईतवार १३:३३

सर्लाही,साउन १४
मधेस प्रदेशका ८ वटै जिल्लामा रेफर सेन्टरका रुपमा रहेका प्रादेशिक अस्पतालहरुलाई सुविधा सम्पन्न अस्पताल बनाउने प्रयासमा लागेको मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले बताउनुभएको छ।सानो वा ठूलो जुनसुकै स्वास्थ्य समस्या लिएर आउने बिरामीहरुलाई अन्यत्र रेफर गर्ने काम जिल्ला अस्पतालहरुमा हुँदै आएकोले यस्ता अस्पतालहरुलाई सुविधा सम्पन्न बनाएर सबै खालका बिरामीहरुले प्रादेशिक अस्पतालबाटै उपचार पाउन भनेर दिनरात मेहनत गरिरहेको मन्त्री सिंहले बताउनुभयो ।
प्रादेशिक अस्पतालहरुमा लागेको रेफर सेन्टरको दाग डिटोल पानीले धोएर सबै खालका उपचार यसै अस्पतालबाट गर्ने व्यवस्थामा आफु लागि परेको उहाँले दाबी गर्नुभयो।प्रदेशका कुनैपनि बिरामीले अब जिल्लामै उपचार पाउनुपर्छ।गम्भीर किसिमका बिरामी बाहेक अरु कसैलाई पनि अतिरिक्त रकम खर्च गरेर उपचारको लागि बाहिर जानू नपरोस् भनेर चालु आर्थिक वर्षमै मधेस प्रदेशका सबै स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरिरहेको मन्त्री सिंहले बताउनुभयो । सर्लाहीको पर्सा गाउँपालिकामा संचालन भएको २४ घण्टा आकस्मिक स्वास्थ्य संस्थाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको छ।
उहाँले अब देखि प्रदेशका कुनैपनि जनतालाई स्वास्थ्य सेव लिनका लागि थप आर्थिक भार सहित दु:ख गरेर बाहिर जानू नपर्ने भन्नुभयो।२४ घण्टा आकस्मिक स्वास्थ सेवाका लागि चाहिने सबै प्रकारका सहयोग तथा उपकरणहरु प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले गा.पा अध्यक्ष धिरेन्द्र यादव”विस्पत” ले गरिरहरको कामहरु सराहनीय रहेको उल्लेख गर्नुभयो।
उद्घाटन कार्यक्रममा बोल्दै गा.पा अध्यक्ष यादवले चुनावको बेला जनतासँग गरेको बाचा पूरा गर्दै जाने बताउनुभयो ।स्थानीय जनताले भरपर्दो तथा स्तरीय स्वास्थ्य सेवा पाओस् भनेर २४ घण्टा आकस्मिक सेवा सुरु गरेको यादवले बताउनुभयो ।सबै प्रकारका स्वास्थ्य सेवा अब आफ्नै गाउँपालिकाबाट प्राप्त गर्न सकिने भएकोले सदरमुकाम मलंगवा लगायतका ठाउँमा जानू नपर्ने उहाँले भन्नुभयो।
शिक्षा,स्वास्थ्य जस्ता आधारभुत आवश्यक्ताहरुलाई मध्येनजर गर्दै यसलाई जनचाहना अनुसार सबल र सार्थक बनाउन आफु प्रतिबद्ध रहेको गा.पा अध्यक्ष यादवले भन्नुभयो।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सर्लाही जिल्ला उपसभापति डा.सरोज कुमार यादव,हरिपुर्वा नगरपालिकाका नगरप्रमुख बिनोद साह,ब्रम्हपुरी गा.पा अध्यक्ष राम पदारथ साह,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झा लगायत स्थानीयबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन आयुर्वेद शाखाका प्रमुख नविन यादवले गरेका थिए भने स्वागत मन्तव्य स्वास्थ्य शाखाका संयोजक नवल किशोर महतोले राखेका थिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार