अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण १०, बुधबार ०९:२८

मनोज यादव—
सर्लाही, साउन १०
विगत ३ दशक भन्दा पनि बढी समयदेखि विकासको प्रर्खाइमा रहेको सर्लाहीको पहिलो नगरपालिका तथा सदरमुकाम मलंगवा नगरपालिकामा विकासले गति लिएको छ।सधैभरी वर्षामा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे हुने मलंगवा बजार क्षेत्रको सडक कालोपत्रे भएपछि स्थानीय नगरबासीहरु निकै खुसी भएका छन् ।
एउटा गाडी समेत गुडाउन नसक्ने अवस्थाको मलंगवा बजार क्षेत्रको साँघुरो सडक फराकिलो बनाएर वडा न-९ स्थित श्रीमती कृष्णादेवी माध्यमिक विद्यालयदेखि वडा न-८ स्थित राजश्री सिनेमा हलसम्मको सडकलाई कालोपत्रे गरेपछि सवारीसाधन तथा पैदल यात्रुलाई आवतजावतमा सहज भएको छ।
केही बाधा अवरोधका कारण लामो समयदेखि सडकको मापदण्डमा पर्ने घर,टहरा, पसल तथा अन्य भौतिक संरचनाहरु हटाउन नसक्दा बजार क्षेत्रको मुख्य सडक कालोपत्रे हुन नसकी अलपत्र अवस्थामा रहेको थियो।सानो पानी पर्दा पनि सडकमा पानी जमेर बजार पोखरी तलाउमा परिणत हुन्थ्यो । मेयर नागेन्द्र प्रसाद यादवले सबैभन्दा पहिले सडकमा पर्ने आफ्नै घर भत्काएर ‘साइड क्लियर’ गरेपछि स्थानीयले समेत आ–आफ्नो घर र अन्य संरचना भत्काउन सहयोग गर्नासाथ सडकको दुबै छेउ नालाको निर्माण गरि कालोपत्रेको काम पुरा भएपछि बजार फराकिलो मात्र नभइ सुन्दर र सफा समेत भएको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताएका छन् ।सडक फराकिलो पारेर कालोपत्रे गरिएका कारण आवतजावतमा सहजता भएको उनले भने।
मलंगवा न.पा वडा न-९ स्थित बालमन्दिर चौकमा पसल संचालन गरेर बसेका सुनिल रायले सडक कालोपत्रे भएपछि सडक छेउछाउ पसल भएका व्यापारी तथा घर भएका स्थानीयबासीहरुले धुलोबाट मुक्ति पाएको बताए ।
संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरमार्फत मुख्य बजार क्षेत्रको सडक कालोपत्रे गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । “सङ्घीय सरकारको क्रमागत बजेटबाट सडक कालोपत्रे गरिएको गौतमले भन्नुभयो।
नगरप्रमुख यादवले साइड क्लियर गर्नेदेखि सडक कालोपत्रेको काम पूरा गराउन सम्म साथ सहयोग पुर्याउने सम्पूर्ण नगरबासीहरुलाई धन्यवाद दिनुहुँदै नगरपालिकाको समुचित विकासमा यसैगरी साथ ,सहयोग र सल्लाह सुझाव दिएर सहयोग पुर्याउन अनुरोध गर्नुभएको छ।
नगरपालिकाको मेन चौक(नगरपालिका कार्यालय आसपास)मा रहेका केही घरहरु भत्काउने विषय विवाद हुँदा सो ठाउँको सडकमा मात्र कालोपत्रे हुन बाँकी रहेको सूचना अधिकृत राजकुमार अधिकारीले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार