अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण ८, सोमबार १६:२८

मनोज यादव—-
सर्लाही ,साउन ८
नेपाल राष्ट्रिय  दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित नेपाल  छात्रवृति कार्यक्रमको अनुगमन गरिएको छ ।

    गरिब तथा  दलित विद्यार्थीहरुको शिक्षामा पहुँच पुर्‍याउने उदेश्यले  नेपाल छात्रवृत्ति कार्यक्रम (NCSEP) सर्लाही जिल्लामा सन२०१३ देखी संचालनमा आएको र सोही  कार्यक्रम अनुसार संस्थाको सर्लाही स्थित शाखाले  जिल्लाको मलंगवा नगरपालिका वडा न-६ भाँडसर,गोडैता,बरहथवा र कबिलासीमा आइतवार अनुगमन गरि छात्रवृत्ति लिंदै आएका लक्षित विद्यार्थीहरुको पढाइको अवस्थाको विषयमा जानकारी लिएका थिए।
संस्थाले छात्रवृत्ति प्रदान गर्दै आएको   विद्यार्थीहरुको शैक्षिक प्रगति ,विद्यालय नियमितता ,छात्रवृत्तिको सदुपयोग र विद्यार्थीको पारिवारिक शैक्षिक अवस्थाको विषयमा नियमित अनुगमन र घरभेट गर्नुपर्ने भएकोले  संघका जिल्ला अध्यक्ष राजेश पासवानको नेतृत्वमा जिल्ला समन्वय समिती सर्लाहीका प्रतिनिधि रामजीबाबु  यादव ,शिक्षा बिकास तथा समन्वय  ईकाइ प्रमुखका प्रतिनिधि शोभित साह ,बाल कल्याण समाज सर्लाहीका प्रतिनिधि सुन्दर श्याम यादव ,संस्थाका सदस्य सोगारथ पासवान र पत्रकार मनोज यादव लगायतको टोलीले  विद्यार्थीहरुको  अवस्थाको बारेमा जानकारी लिएका हुन।
संस्थाले आधारभुत तह अन्तर्गत विशेष लक्षित वर्गका लाई  ४ सय,अति जोखिम उच्च माध्यमिक तहलाई १४ सय,माध्यमिक तहलाई  ५ सय त्यस्तै उच्च मावि तह अन्तर्गत विशेष लक्षित वर्गकालाई १२ सय , प्राविधिक तह रोल मोडेललाई २ हजार र स्नातकोत्तर तहकालाई २५ सयका दरले प्रती विद्यार्थी छात्रवृत्ति  वितरण गर्दैं आएको र उक्त रकम  प्रत्येक त्रैमासिक रुपमा उनीहरूको बैंक खाता मार्फत  वितरण गर्दै आएको जिल्ला  कार्यक्रम अधिकृत गोविन्द  पासवानले जनाएको छ ।  छात्रवृत्ति वापत प्राप्त गरेकोे  रकमबाट विद्यार्थीहरु विद्यालय पोशाक ,शैक्षिक सामाग्री खरिद,टिउसन शुल्क ,व्यक्तिगत सरसफाइ लगायतमा खर्च गर्ने गरेको अनुगमन टोलीले निष्कर्ष निकालेका छन् ।NNDSWO बाट प्राप्त गरेको छात्रवृत्ति रकमबाट सर्लाहीका अधिकांश दलित विद्यार्थीहरु अहिले कुनै न कुनै जागिर तथा पेसामा आबद्ध रहेको संस्थाका अध्यक्ष राजेश पासवानले बताउनुभयो।
दलित बालबालिकाको शिक्षामा पहुँच पुर्याउने उदेश्यले संचालन भएको यो कार्यक्रम जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका सहित कबिलासी ,गोडैता ,बरहथवा र हरिपुर्वा न.पा तथा  ब्रहम्पुरी, चन्द्रनगर र पर्सा गाउँपालिकापा  निरन्तर संचालनमा रहेको संस्थाले जनाएको छ।

   कार्यक्रम प्रभावकारी भएको अभिभावकहरुको प्रतिक्रिया रहेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार