अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण २, मंगलवार २२:१९

 

सर्लाही,साउन २
सर्लाहीको पश्चिमी भेगमा पर्ने बलरा नगरपालिकामा नगरस्तरिय परियोजना सल्लाहकार समिति बैठक तथा योजनाहरुको अनुगमन कार्य
सम्पन्न भएको छ ।
बलरा नगरपालिकाको आयोजना तथा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र(आर.आर.पि.के) मलंगवाको सहकार्यमा सोमबार नगर स्तरीय सल्लाहकार समितिको बैठक तथा योजनाहरुको संयुक्त अनुगमन सम्पन्न भएको छ।
कार्यक्रममा बलरा न.पा मा संचालित समुन्नति परियोजना अन्तर्गत गत जनवरी देखि जुन २०२३ अर्थात ६ महिनाको अवधिमा सम्पन्न भएको विभिन्न क्रियाकलाप तथा लगानी गरिएका सेवाहरु मध्ये यस पालिकामा रहेको श्री सिताराम अधारभुत विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्र बलरा-९ अचलगढ तथा वड न-८ गडहियामा गठित गडहिया कृषि समूह र श्री प्राथमिक विद्यालय मिर्जापुरमा नवनिर्मित हातधुने धारासहितको शौचालयको परियोजना सल्लाहकार समितिको सदस्यहरु बाट गरिएको छ।
भ्रमणको क्रममा सो विद्यालयमा अध्यनरत बालबालिकाहरुसँग अन्तरक्रिया गर्दा उनीहरूले गुणस्तरीय शिक्षामा थप सहयोग गरिदिन भन्दै नगरप्रमुख रामशंकर प्रसाद कुशवाहालाई  ज्ञापनपत्र बुझाएका छन।यस्तै किसिमको आसय सहितको ज्ञापनपत्र श्री रामसखी मोहित सिंह मावि बलरा-४ मा रहेको बाल क्लबका बालबालिकाहरुले पनि नगरप्रमुखलाई बुझाएका छन् ।ज्ञापनपत्र बुझ्दै नगरप्रमुखले त्यस्ता कुनै समस्या भएको अवस्थामा कार्यालयको समयमा आएर लिखित रुपमा जानकारी गराउन बालबालिकाहरु सँग आग्रह गरेका छन्।
अनुगमन भ्रमण पश्चात् समुन्नति कार्यक्रमको अर्धवार्षिक उपलब्धिहरु तथा प्रगति बारे परियोजनाका संयोजक र विषयगत विशेषज्ञहरुले कार्यक्रममा सहभागीहरुलाई विस्तृत रुपमा जानकारी गराएका थिए।कार्यक्रममा अनुगमन गरिएका संरचनाहरुको सबल र सुधार गर्नुपर्ने पक्षको बारेमा अन्तरक्रिया समेत गरिएको थियो।
शिक्षा,स्वास्थ्य ,जिविकोपार्जन तथा संरक्षणमा सकारात्मक परिवर्तन गर्न सहयोग गर्ने आ.आर.पि.के र सेभ द चिल्ड्रेनलाई सहयोग गर्न बलरा नगरपालिका सदैव तत्पर रहने नगरप्रमुखले प्रतिबद्धता गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार