अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण १, सोमबार २१:३४

सर्लाही,साउन १
मलंगवा नगरपालिकालाई पुर्ण साक्षर गर्ने योजना अनुसार नगरलाई पुर्ण साक्षर घोषणा गर्न नगरपालिकाको १२ वटै वडामा निरक्षरहरुको डाटा संकलन कार्य सुरु भएको छ।
प्रत्येक वडाको घरघरमा गएर निरक्षरहरुको डाटा संकलन गर्ने कार्यमा माध्यमिक तहका विद्यार्थीहरुको प्रयोग गरिएको छ।उनीहरू साक्षरताका १२ वटा सुचकहरुको प्रयोग गरेर साक्षर निरक्षर छुट्याउने काम गरिरहेका छन् ।
उनीहरू राष्ट्रभाषा वा मातृभाषाका वर्ण ,अक्षरको पढाइ र लेखाइ,नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ ,आफ्नो र परिवारको सदस्यको नाम,उमेर ,पढाइ र लेखाइ,मोबाइल र क्यालकुलेटरका अंक र अक्षरको चिनाइ र प्रयोग,० देखि ९ सम्मको अंक अक्षर लेखाइ,१ देखि १०० सम्मको गणना ,लेनदेनको हरहिसाब,चित्र पोस्टर,साइनबोर्ड र ट्राफिक संकेतको पढाइ र बुझाइ,सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सकृय सहभागीता देखाउन,घढी हेरेर समय बताउन तथा बैंक भौचर भर्न र चेक प्रयोग गर्न लगायतका सूचकहरुको प्रयोग गरि साक्षर र निरक्षर छुट्याउने काम गरिरहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार