
काठमाडौँ,असाढ ३१
श्रमीकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै नेपाल ट्रेड युनियन काँग्रेसले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
आइतवार माईतीघरमा भेला भइ हरेक दुई वर्षमा श्रमीकहरुको पारिश्रमीक बढाइने र सोही अनुसार काम अहिले अघि बढीरहेपनि सरकारलाई खबरदारी गर्न दबाबमुलक कार्यक्रम गरेको युनियन काँग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए। उनले यो कार्यक्रममा एक हप्ता यता निरन्तर चलिरहेको बताउनु भयो । श्रमीकहरुको न्युनतम पारिश्रमीक कम्तीमा २५ हजार बनाउनका लागि स्थानीय तह र प्रदेश सरकारमा ज्ञापन पत्र बुझाइ सकिएको कुवँरले बताएका छन् ।
उनीहरुले श्रमीकको न्युनतम पारीश्रमीक २५ हजार कायम गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर्न सरकारलाई दबाब दिएका छन् ।





