अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार २४, आईतवार ००:०४

मधेशमा संचालित अवैध असपतालहरु श्रावण महिना देखि पुर्ण रुपमा बन्द हुने–स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह
” निजी स्वास्थ्य संस्थाहरुलाई अध्यावधी गराउन ”

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

सर्लाही,असाढ २३
मधेश प्रदेशमा संचालित अवैध स्वास्थ्य संस्था, अस्पताल तथा क्लिनिकहरु आउदो श्रावण महिना देखि पुर्ण रुपमा बन्द हुने मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले बताउनु भएको छ । हामीले मधेश प्रदेशका ८ वटै जिल्लामा संचालनमा रहेका निजी स्वास्थ्य संस्थाहरुलाई अध्यावधी गराउन सूचना प्रकाशन गरेको हो ।
मन्त्री सिंहले श्रावण मसान्त भित्रमा सूची दर्ता नगराउने सबै निजी स्वास्थ्य संस्थालाई अवैध ठहर गर्दै बन्द गर्ने प्रकृया अगाडी बढाइसकेको बताउनुभयो । जिल्लाको सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा पाठेघर झर्ने(आङ्ग खस्ने)समस्याबाट पिडित महिलाहरुको लागि निःशुल्क शल्यक्रिया शिविरको उदघाटन गर्दै उहाँ ले यस्तो कुरा बताउनु भएको हो । प्रादेशिक अस्पतालबाट प्रवाह हुने भिडियो एक्सरे, ल्याब टेस्ट तथा अरु सेवाहरुको लागि कुनै पनि बिरामीहरु निजी अस्पताल जानु परे तुरुन्तै सम्पर्क गर्न समेत उहाँले सबैलाई भन्नुभयो। प्रदेश सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवा दिन अनाकानी गर्ने त्यस्ता सरकारी असपतालमा कार्यरत कर्मचारीलाई ठाँउको ठाउ कार्वाही गरिने मन्त्री सिंहले चेतावनी दिनुभयो ।
साेही अवसरमा मन्त्री सिंहले प्रादेशिक असपताल मलंगवाकाे निरिक्षन गर्दै निकट भविष्यमा यस असपताललाई १ सय बेडमा रूपान्तर गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भयाे । स्वास्थ सेवालाई चुस्त दुरूस्त र सरसफाइमा निरन्तर ध्यान दिन उहाँले मेडिकल सुपरिटेन्डेन्ट लगायतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।
प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय सपही, धनुषाको आयोजनामा असाढ २३ गतेदेखि असाढ २७ गते सम्मको लागि संचालन हुने उक्त शिविरको शनिवार एक कार्यक्रमका बिच सिंहले उद्घघाटन गरेका थिए। स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजिव कुमार झाको अध्यक्षतामा आयोजना भएको शिविरको उद्घघाटन कार्यक्रममा विशिष्ठ अतिथि निर्देशनालयका सचिव डा. प्रमोद कुमार यादव, मेडिकल सुपरिटेन्डेन्ट डा. नवल किशोर झा, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह, प्रादेशिक अस्पताल मलंगवाका अध्यक्ष सतिश कुमार साह, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम, डा.सरोज कुमार यादव, अस्पतालका कर्मचारी, डाक्टर र पत्रकारहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार