
सर्लाही, असाढ २३
सर्लाहीको हरिवनमा आफ्नै घरमा सुतिरहेकी।एक महिला माथि ढुंगा प्रहार भएको छ। हरिवन नगरपालिका वडा न-१ भोक्टेनीमा स्थानीय ५३ वर्षिया राजकुमारी यादवमाथि ढुंगा प्रहार भएको हो।
बिहिवार राति ओछ्यानमा सुतिररहेको अवस्थामा झ्यालबाट ढुंगा प्रहार भएको छ। ढुंगा प्रहारबाट घाइते भएकी यादवलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको स्थानीय अरोज यादवले जनाएको छ।
घटनामा सोही ठाउँका राजकली देवीको संंलग्नत हुन सक्ने परिवारको आशंका छ।केही दिन पहिला यादवले विपक्षीको बकपत्र गरेको भन्दै ज्यानै मार्न धम्की दिएको राजकुमारी देवीका परिवारले बताएका छन्।





