अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार २२, शुक्रबार ०८:५७

सर्लाही,असाढ २२
तथ्याङ्क कार्यालय महोत्तरीको आयोजनामा बिहीबार एक कार्यक्रमका बिच सर्लाही जिल्लाको जनगणनाको प्रमुख नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत संचालित कार्यक्रम मार्फत संकलन गरिएको विभिन्न तथ्यांकहरुको विवरण सार्वजनिक गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा तथ्याङ्क कार्यालय महोत्तरीका तथ्यांक अधिकृत श्याम साहले २०७८ सालमा गरिएको सर्लाही जिल्लाको जनगणनाको प्रमुख नतिजा सार्वजनिक गरेका थिए। साहका अनुसार जिल्लामा जम्मा परिवार संख्या २६ लाख ४८ हजार ९३ रहेकोमा कुल जनसंख्या ८६ लाख २४ हजार ७० रहेको छ भने २०६८ सालको जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या ७६ लाख ९७ हजार २९ रहेको थियो।
जिल्लामा पुरुषको जनसंख्या ४ लाख ३५ हजार १ सय ३१ रहेको छ भने महिलाको ४ लाख २७ हजार ३ सय ३९ रहेको छ । यसैगरी परिवारको औषत आकार ५ दशमलव २३ प्रतिशत रहेको छ भने लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको संख्या १०१ दशमलव ८२ प्रतिशत रहेको छ । त्यस्तै जनघनत्व प्रतिवर्ग किलोमिटर ६८५ जनाको बसोबास रहेको तथ्यांक अधिकृत साहले जानकारी गराएको छ।
जनगणनाको सार्वजनिक नतिजाअनुसार सर्लाहीमा साक्षरता दर कुल ६९ दशमलव ३१ प्रतिशत रहेकोमा पुरुष ६८ दशमलव २३ प्रतिशत र महिला ५२ दशमलव ३४ प्रतिशत रहेका छन् ।
स्थानीय तह अनुसार सबैभन्दा बढी जनसंख्या बरहथवा नगरपालिकामा ६९ हजार ८ सय २२ रहेको छ भने सबैभन्दा कम पर्सा गाउँपालिकामा २१ हजार ६५० रहेको तथ्यांक अधिकृत साहले बताए बताएका छन् ।
तथ्यांक कार्यालय महोत्तरीका तथ्यांक अधिकृत साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यादवले सार्वजनिक भएको सर्लाहीको जनसंख्याको तथ्यांकले आगामी दिनमा नीति, कार्यक्रम र योजना तर्जुमा गर्न सहयोग पुग्ने बताउनुभयो ।
महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रममा विभिन्न कार्यालयका कार्यालय प्रमुख ,विभिन्न राजनीतिक दलका प्रतिनिधि ,मलंगवा न.पा अन्तर्गतका विद्यालयका प्राधानाध्यापकहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार