
सर्लाही , असार १९
संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादव आज गृह जिल्ला सर्लाही आउनु भएको छ।
मन्त्री यादवका प्रेस सल्लाहकार सत्य प्रकाश यादवले, पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री यादव कौडेना गाउँपालिका वडा न- २, फुलपरासीमा निर्माण भएको १५ शैयाको अस्पतालको उद्घाटन गर्न उहाँ सर्लाही आउनु भएको हो । १ करोड ७९ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त अस्पतालको आज(मंगलबार) संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नु हुने कार्यक्रम रहेको प्रेस सल्लाहकार यादवले जनाएका छन् ।
कार्यक्रमको समय मंगलबार बिहान १० बजे तय गरिए पनि मनसुन मौसमका कारण केहि ढिला हुनसक्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले जानकारी गराएका छन् ।





