अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार १८, सोमबार ०९:२५

मनोज यादव—
सर्लाही,असाढ १८
मधेश प्रदेशका पशुपालक किसानले पालेका घरपालुवा चौपायामा बाँझोपनको समस्या देखिन थालेपछि पशु प्राविधिकहरु उपचार सेवा प्रदान गर्न किसानहरुको गोठ तथा पशु फर्ममा पुग्न थालेका छन् ।केही समय अगाडी नागरिकहरु समस्या लिएर सरकारकोमा जाने गरेका थिए भने पछिल्लो समय सरकार आफै जनताको घरदैलोमा पुगेर सेवा दिन थालेका छन् ।सोही अनुसार सरकारको मातहतमा कार्यरत पशु डाक्टर तथा प्राविधिकहरु व्यवसायीक पशुपालन फर्महरुमा डोर टु डोर बाँझोपन निवारण शिविर संचालन गरेर सेवा प्रदान गर्न सुरु गरेका छन् ।
मधेस प्रदेश दुग्ध विकास बोर्डले आफ्नो स्वीकृत कार्यक्रम अनुसार बाराको निजगढमा रहेका व्यवसायीक कृषि पशु फर्महरुमा डोर टु डोर बाँझोपन निवारण शिविर संचालन कार्यक्रमको आयोजना गरि सम्बन्धित फर्महरुमै पुगेर उपचार सेवा र परामर्श दिइरहेका छन् ।
पशुमा देखिने विभिन्न किसिमका यौनजन्य रोग र पशुको पोषणमा ध्यान नदिँदा बाँझोपनको समस्या हुने गरेको रामपुर क्याम्पसका प्रोफेसर डा.डि.के सिंह बताउँछन् । ‘पशुहरूमा विभिन्न किसिमका विकृत यौनजन्य रोग हुनसक्छन्, यी रोगले बाँझोपनको समस्या हुन्छ, यी रोगको उपचार गर्नुपर्छ’,सिंहले भने, ‘पशुलाई पोषिलो खानेकुरा पनि चाहिन्छ, पोषणमा ध्यान दिएको पाइँदैन, घाँसको सिजनमा घाँसमात्र खुवाउने, परालको सिजनमा परालमात्र खुवाउने जस्ता समस्या छन्, दाना खुवाउने किसान निकै कम छन् ।’
प्रदेश दुग्ध विकास बोर्डका निर्देशक शंकर साह उन्नत पशुमा बढी बाँझोपनको समस्या देखिने भएकाले नियमित गोबर परीक्षण गरी जुकाको औषधि खुवाउने, आहारा तथा दानामा ध्यान दिनुपर्ने बताउँछन्। ‘नियमिति उपचारमा पनि ध्यान दिनुपर्छ’, उनले भने, ‘आजभोलि दैनिकजसो किसानहरु बाँझोपनको समस्या लिएर आउने गरेका छन्, उपचारमा आएका ८० प्रतिशत पशुको बाँझोपनको समस्या निराकरण हुने गरेको साहले बताए । किसानको लापरवाहीले गर्दा२० प्रतिशत पशुमा बाँझोपनको समस्या रहेको उनी बताउँछन् । पशुलाई पेटभर खान, सोतरमा सुत्न र नियमितरूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेकाले किसानले पशुपालनबारे ज्ञान लिन आवश्यक रहेको निर्देशक साहको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार