अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार १८, सोमबार ०९:२१

 

सर्लाही,असाढ १८
सर्लाहीको सदरमुकाम मलंगवा पालिकाले स्वास्थ्य सेवा व्यवस्थापन सम्बन्धि ऐन तथा नगरपालिका क्षेत्रको फोहर व्यवस्थापनका लागि राय,सुझाव संकलन गरेको छ ।मलंगवा न.पा स्वास्थ्य शाखाले शनिवार एक कार्यक्रमको आयोजना गरी सुझाव संकलन गरेको हो ।
नगरपालिका क्षेत्र भित्र रहेका स्वास्थ्य संस्था ,औषधि पसल र प्याथोलोजीहरुलाई दर्ता प्रक्रियामा ल्याएर सही तरिकाले संचालन गर्न कसरी व्यवस्थापन गर्न सकिन्छ साथै नगरभित्रका फोहोरको व्यवस्थापन ,सार्वजनिक सडक अतिक्रमण गरेर राखिएका निर्माण सामाग्रीको व्यवस्थापन ,जथाभावी सवारी पार्किङको व्यवस्थापन ,छाडा पशुचौपायाको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरु सँग छलफल गरि सुझाव संकलन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सूचना अधिकृत राजकुमार अधिकारीले जानकारी दिएको छ।
कार्यक्रममा उपस्थित अतिथिहरुले नियमित बजार अनुगमन,व्यवस्थित पार्किङ,फोहर व्यवस्थापन ,ठाउँठाउँमा शौचालयहरुको निर्माण ,स्वास्थ्य व्यवसायलाई करको दायरामा ल्याउन र दर्ता नभएकालाई दर्ता गर्न लगाउन , दर्ता बिना संचालन भएकाहरुलाई कार्यवाही गर्न सुझाव दिएका थिए।
नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा उहाँकै कार्यकक्षमा आयोजना भएको कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थाका संचालक,स्वास्थ्यकर्मी ,विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार