अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार १०, आईतवार २२:४३

सर्लाही,असाढ १०
सर्लाही जिल्लाकाे दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकाैल गाउँपालिकाकाे ११ औं गाउँ सभा आइतवारबाट सुरु भएको छ ।उक्त गाउँ सभाकाे प्रमुख अतिथि मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले उद्घाटन गरेका हुन ।
धनकौल गा.पा वडा न-२ स्थित बजार स्थित वि.पि स्मृति मञ्चमा आयोजना भएको कार्यक्रममा गाउँ पालिकाको नीति तथा कार्यक्रम बारे जानकारी गराउँदै गापा अध्यक्ष रामआश्रय साहले आर्थिक वर्ष २०७९/०८० काे लागि ३२ करोड २२ लाख १४ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेका थिए ।
अध्यक्ष साहद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक सामाजिक, शिक्षा,स्वास्थ्य,महिला, बालबालिका तथा जेष्ठ नागरिक,संस्कृति तथा पर्यटन,खानेपानी तथा सरसफाइ ,पुर्वाधार विकास ,वातावरण तथा विपद व्यवस्थापन,संस्थागत विकास तथा सेवा प्रवाह,वित्तीय व्यवस्थापन र सुशासन,रोजगारी ,सूचना प्रविधि , शान्ति सुरक्षा लगायतका विषय समेटिएको छ ।
गाउँसभाको उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह , गाउँपालिका उपाध्यक्ष अकली देवी सहनी,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,सातवटै वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य , कर्मचारी र विभिन्न पार्टीका पार्टी प्रतिनिधि लगायत स्थानीयबासीहरुकाे उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साहले स्वागत मन्तव्य राखेको कार्यक्रमकाे सञ्चालन स्वास्थ्य शाखा संयोजन अरुण कुमार महतोले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार