अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार ९, शनिबार २१:५३

सर्लाही,असाढ ९
आमसंचार प्रधिकरण जनकपुरधामकोआयोजना तथा नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको समन्वयमा मधेस प्रदेश अन्तर्गतका जिल्लाका पत्रकारहरुका निम्ति दुईदिने कृषि पत्रकारिता तालिम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार असाढ ८ र ९ गते उक्त तालिमको आयोजना गरिएको हो।
भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रदेश सचिव डा.नर्मता सिंहले राम्रो अथवा नराम्रो कुरालाई समाचारको माध्यमबाट उजागर गर्न गहनरुपमा अनुसन्धान गर्नुपर्ने बताइन्।उनले कृषि क्षेत्रमा गरेको अनुसन्धान र उपलब्धिहरुलाई किसानमाझ पुर्‍याउन सञ्चारमाध्यमहरु निकै उपयोगी हुने बताउँदै कृषि बिटमा पत्रकारिता गर्न सुझाव दिइन् ।
तालिममा सहभागी पत्रकारहरुलाई मधेस प्रदेशमा कृषि पत्रकारिताको अवस्था ,संचार माध्यमले उठाउनु पर्ने विषय ,कृषि पत्रकारिताको महत्त्व र उपादेयता ,मधेस प्रदेशमा प्रमुख खाद्यान्न बाली र उत्पादनको अवस्थाको साथै कृषि उत्पादनका चुनौती र सम्बोधनका उपाय तथा कृषि पत्रकारिता गर्दा ध्यान दिनुपर्ने विषय र आचार संहिता लगायतका विषयहरुमा प्रशिक्षण दिएको आमसंचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले जनाए ।सर्लाही सहित सप्तरी ,महोत्तरी,धनुषा लगायतका जिल्लाबाट सहभागी भएका प्रशिक्षार्थीहरुलाई कृषि पत्रकारहरुको संस्था अनाजका केन्द्रीय अध्यक्ष किरण आचार्यले प्रशिक्षण दिएका थिए।
लालबन्दी नगरपालिका स्थित नमस्ते होटलमा सम्पन्न भएको उक्त तालिमको समापन कार्यक्रममा मेडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास,प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह,पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री ,पुर्व अध्यक्ष रौशन न्यौपाने लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

 

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार