बुवा गुमाएका ८६ जना बालबालिकाहरुलाई शैक्षिक तथा आर्थिक सहयोग
सर्लाही,असाढ ४
सर्लाहीको हरिपुरमा बुवा गुमाएका ८६ जना बालबालिकालाई स्थानीय समाज विकास केन्द्र नामक एक गैरसरकारी संस्थाले हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलभमेन्ट सँगको सहकार्यमा शैक्षिक सामग्री तथा आर्थिक सहयोग वितरण गरेको छ।
हरिपुर नगरपालिका वडा न-१ स्थित हजारविघामा रहेको उक्त संस्थाले आइतबार हरिपुर न.पा वडा न-६ स्थित लक्ष्मीपुर माविमा एक कार्यक्रमको आयोजना गरि बुवा गुमाएका ती बालबालिकाहरुको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले नगरभित्रका विभिन्न सरकारी विद्यालय तथा मदरसामा अध्ययन गरिरहेका बालबालिकाहरुलाई कापी, कलम, जोमिट्री बक्स, पानी खाने बोतल, छातालगायतका सामग्रीसहित प्रति विद्यार्थी ६ हजार रुपैयाँको चेक प्रदान गरिएको स्थानीय समाज विकास केन्द्रका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिएको छ।
पूर्व राज्यमन्त्री रिजमान अन्सारी, मधेश प्रदेश सांसद विमला अन्सारी, हरिपुर न.पा शिक्षा शाखा प्रमुख नागेश्वर राय, लक्ष्मीपुर माविका प्रधानाध्यापक रामऔतार चौधरी, मर्जुवाका प्रअ सन्जर अन्सारीलगायतको उपस्थितिमा सामाग्रीहरु वितरण गरिएको थियो ।





