अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ ३२, बिहीबार २१:११

सर्लाही,जेष्ठ ३२
सर्लाहीको बलरा नगरपालिका वडा न-५ अर्नाहा स्थित श्री सरस्वती अमरेश ,बबुनन्दन सिंह माद्यामिक विद्यालयमा नियम बिपरीत मनोमानी ढंगले विद्यालय व्यवस्थापन समिति गठन भएको भन्दै अभिभावकहरुले
आपत्ति जनाएका छन् ।
पुर्व प्राधानाध्यापक तथा अभिभावक श्यामबाबु सिंहका अनुसार २०८० साल जेष्ठ २८ गते आइतवारका दिन बिहान ८ बजे सर्लाही क्षेत्र न-४ का सांसद अमरेश कुमार सिंह,वडा न-५ अर्नाहाका वडाअध्यक्ष मनोज मोहन कुमार सिंह र बलरा न.पा का शिक्षा शाखा प्रमुख लगायतको उपस्थितिमा नियमविपरीत अभिभावक भेला गराएर अभिभावक बाहेकका मानिसहरुको सहमतिबाट मनोमानी ढंगले वि.व्य.समिति गठन गरेको बताएका छन् ।
वास्तविक अभिभावकहरुको असहमतिबाट आफ्नो पद र पावारको दुरुपयोग गरेर सांसद सिंह लगायतका ब्यक्तिहरुले बलजबरजस्ती अभिभावक बाहेका मानिसहरुलाई बोलाएर वि.व्य.समिति गठन गराएको आफुहरुलाई मन्जुरी नभएकोले पुनः अभिभावक भेला गराएर समिति गठन गरिनुपर्ने सिंहले बताएका छन् ।
८० प्रतिशत अभिभावकहरुको माग पुनः व्यवस्थापन समिति चयन गर्ने रहेकोले अभिभावक भेला बोलाएर पुनः नियमअनुसार व्य.समिति चयन गर्नुपर्ने माग उल्लेख गरेर असन्तुष्ट अभिभावकहरुले संयुक्तरूपमा हस्ताक्षर गरेको ज्ञापनपत्र बलरा नगरपालिका ,जिल्ला समन्वय समिति ,शिक्षा समन्वय इकाई ,जिल्ला प्रशासन लगायतका कार्यालयहरुमा समेत बुझाइसकेको र ती निकायहरुबाट पनि सकारात्मक जवाफ आएको सिंहले बताए ।

 

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार