अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ ३०, मंगलवार ०७:११

सर्लाही,जेष्ठ ३०
सर्लाहीको नवलपुर-मलंगवा सडकखण्ड अन्तर्गत कविलासी नगरपालिका वडा न-१० स्थित सलेमपुर चौकमा स्थानीयहरुले गरेको चक्का जाम सोमबार राति ९ बजेबाट खोलिएको छ। स्थानीयहरुले आइतवार साँझ अज्ञात चारचक्के गाडीको ठक्करबाट मृत्यु भएकी महिलाको शव सोमबार साँझ ४ बजेदेखि सडकमा राखेर दुवैतर्फको आवागमन बन्द गरेर चक्का जाम गरेका थिए।
आइतबार साँझ बजारबाट तरकारी किनेर घर फर्कदै गरेका चन्द्रनगर गाउँपालिका वडा न-५ मोहनपुर घरभई हाल सलेमपुरस्थित माइतीमा बस्दै आएकी २२ वर्षीया सबनम खातुन र उनकी आमा ७० वर्षीया अबेदा खातुनलाई चारचक्के अज्ञात गाडीले ठक्कर दिएका थिए। दुर्घटना भए लगत्तै स्थानीय प्रत्यक्षदर्शीहरुले दुवैजनालाई उपचारको लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा लगेको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिरगंज स्थित नेशनल मेडिकल कलेज लगिएको थियो।छोरी सबनमको उपचारको क्रममा आइतवार राति नै मृत्यु भएको थियो भने आमा अबेदाको अहिले पनि सोही अस्पतालमा उपचार चलिरहेको जनाइएको छ।
प्रहरीले दुर्घटनामा संलग्न गाडीको पहिचान गर्न नसकेकोले गाडी र चालकको पहिचान गरि नियन्त्रणमा लिनुपर्ने माग राखेर स्थानीयबासीहरुले सोमबार साँझ ४ बजेदेखि चक्का जाम गरेर प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरुलाई सम्झाई बुझाई गरि गएराति ९ बजेबाट सडक खुलाइएको प्रहरीले जनाएको छ।
मृतक सबनमका श्रीमान रोजगारीको सिलसिलामा सउदीमा रहेका छन् भने आफ्नो डेढ वर्षको छोरालाई लिएर उनी माइती सलेमपुरमा बस्दै आएकी थिइन।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार