अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २४, बुधबार २०:३६

 

काठमाडौं,जेष्ठ २४
प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउनेगरि मन्त्रिपरिषद हेरफेरको तयारी गरेका हुन् ।
जनमत पार्टीले राम्रो मन्त्रालय पाए सरकारमा सहभागी हुने चाहना राखेको छ। पछिल्लो समय प्रधानमन्त्री दाहालले जनमतको पनि साथ खोजेका छन् ।
जनमत सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने उसले कायमै राखेको छ । यसअघि जनमतबाट उपाध्यक्ष अब्दुल खांन खानेपानी मन्त्री बनेका थिए । तर, जनमतले भने कृषि वा उद्योगमध्ये एक मन्त्रालय मागेको थियो । जनमतका नेताहरुले पनि बजेटलगत्तै सरकारमा सहभागी हुन सकिने अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री दाहाल हालै भारत भ्रमण गरेर आएका छन् ।
उनले पछिल्ला दिन मन्त्रिपरिषद् हेरफेर गर्नेबारे गृहकार्य थालेका छन् । जनमत सरकारमा सहभागी हुँदा माओवादीकै एक मन्त्रीको पनि जिम्मेवारी खोसिनसक्ने उच्च स्रोतको दाबी छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार